म्याग्दी, १७ भाद्र – बेनी नगरपालिका–४ तातोपानी बजारको जमिन भासिएको छ । बजारमा ढल विस्तार गर्ने क्रममा तातोपानी कुण्डको माथिल्लो भागको करिव २० मिटर जमिन तल भासिएको हो ।
जमिन भासिएपछि कुण्ड जाने पदमार्ग, बेनी–दरवाङ सडक खण्डबाट तल्लो बजार जोड्ने सडकलाई समेत असर गरेको तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताए । ‘तत्काल मर्मतसम्भार नगरे कुण्डलाई असर गर्ने देखिन्छ । सडक भासिएपछि माटोले पुरेर आवतजावतको ब्यवस्था मिलाइएको छ’ उनले भने । जमिन भासिएपछि कुण्डको मुहानमा समेत असर गरेको उनले बताए ।
विगतमा समेत तातोपानी कुण्ड आसपासका क्षेत्रमा भासिएको कारण तातोपानीको मुहान सुक्ने, अर्को स्थानमा देखिएको शाक्यको भनाई छ । जमिन भासिएपछि कुण्डको आम्दानीबाट समान्य मर्मत गरिएपनि थप मर्मतका लागि बेनी नगरपालिकालाई बजेट माग गरिएको समेत कुण्ड ब्यवस्थापन समितिले जनाएको छ ।
जमिन भासिएको क्षेत्रमा ठुला सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । कुण्ड आसपासका जमिन भासिएकाले पनि भविस्यमा तातोपानीको स्रोत नै बन्द हुने सक्ने भन्दै स्थानीयले भुर्गव विद्लाई लिएर अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।
उता तातोपानी स्वास्थ्य चौकीमा समेत करिव ५० मिटर जमिन भासिएको छ । स्वास्थ्य चौकीको नवनिर्मित भवन आसपासको जमिन भासिएपछि भवनमा क्षतीको सम्भावना रहेको स्थानीय यूवा कुमार केसीले बताए। ‘बजार क्षेत्रको जमिन भासिएपछि स्थानीय त्रसित भएका छन् । थप क्षती हु नदिन तत्काल मर्मतको आवश्यकता छ’ उनले भने । भिरालो जमिन, कमजोर माटो, भूमिगत जलप्रवाह, बस्ती नजिकबाट सडक विस्तारका कारण जिल्लाका ग्रामिण बस्ती भासिने गरेको छ ।
Previous Article२०७४ भाद्र १७ गते शनिबारको राशिफल
Next Article यसरी गरौं पशुको जडिबुटीबाट उपचार