उत्तर कोरियाद्वारा जापानको आकाशमाथिबाट क्षेप्यास्त्र परिक्षणपश्चात् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै विकल्प खुल्ला भएको’ बताएका छन् । यस्तो अवस्थामा किम जोंग उन शासनविरुद्ध कस्तो सैन्य कारवाही गर्न सकिन्छ ? जापानको होक्केदो आइल्याण्ड माथिबाट क्षेप्यास्त्र परिक्षणलाई एक भड्किलो कदम मानिएको छ । यता, उत्तर कोरियाले भने आफ्नो यो पहिलो कदम बताएको छ । यस्तै, संयुक्त राष्ट्रद्वारा थुप्रै प्रतिबन्ध लर्गापछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफूले दोस्रो कदममाथि विचार गरिरहेको बताएका छन् । उत्तर कोरिया विरुद्ध के –के कारवाही गर्न सकिन्छ, त्यसबारे जानकारी लिऔं । –जस्टिन ब्रन्क (रिसर्च फेलो, द रोयल यूनाइटेड सर्भिसेज इन्स्टिच्युट)
पहिलो विकल्पः जमिनी हमला
यो कारवाही सबैभन्दा कम घातक र सबैभन्दा कम प्रभावकारी कारवाहीको विकल्प हुनसक्छ । यो हमलामार्फत कोरियाको ब्यालेस्टिक मिसाइल र परमाणु कार्यक्रम रोक्नमा कमै सफलता पाइनेछ ।
यसमा अमेरिका आफ्नो थल सेनालाई दक्षिण कोरियामा स्थापित गर्नसक्छ । साथै थल परमाणु र भारी हतियारको पनि तैनाथ गर्नसक्छ । यद्यपी, दक्षिण कोरियाको रुची यसप्रति कम नै हुनेछ । पहिलो कारण यो हो कि दक्षिण कोरियाले आफ्नो थाड मिसाइललाई तैनाथ गरिरहेको छ र अमेरिकी फौज दक्षिण कोरिया आउँदा उत्तर कोरिया भड्किन सक्छ । हुन त अमेरिका र दक्षिण कोरिया युद्धाभ्यास गरिरहेको छ र त्यसमा उत्तर कोरियाको प्रतिक्रिया पनि आइरहेको छ । यस्तो कारवाहीमा चीन र रुस अमेरिकाको आलोचना पनि गर्न सक्छ । अमेरिकाले आफ्नो जलसेनामार्फत कोरियाको नजिकको समुन्द्रमा पहुँच बनाएको छ । उसले आफ्ना युद्धपोतका साथै वायुसेनाको प्रयोग पनि उत्तर कोरियाविरुद्ध गर्न सक्छ । यसका साथै, उत्तर कोरियाको क्षमतामा पनि शंका गर्नु हुँदैन किनभने कोरियाली सुमन्द्रमा अमेरिकाको ताकत सिमित नै छ जबकी उत्तर कोरियासँग पर्याप्त संख्यामा ब्यालेस्टिक मिसाइल छ । यस्तो प्रकारको नीति निकै खर्चिलो हुनसक्छ । साथै यसमा शंका छ कि यो उत्तर कोरियालाई अधुनिक चुनौती दिन सकोस् ।
दोस्रो विकल्पः सर्जिकल स्ट्राइक
अमेरिकाको जलसेना र वायुसेनासँग यो धर्तीको कुनै पनि भागमा सबैभन्दा उन्नत सर्जिकल स्ट्राइक गर्ने क्षमता छ । टमहक मिसाइल र बी–टु बम्बर्सको हमलाबाट उत्तर कोरियाको परमाणु स्थल नष्ट हुनसक्छ । यद्यपी, उत्तर कोरियाको एयर डिफेन्स नेटवर्क पनि ठूलो छ जसमा सोभियत संघ र वर्तमान रुसको मिश्रित हतियार छन् । साथै उक्त देशसँग जमिनबाट हावामा हमला गर्न सक्षम मिसाइल र उन्नत रडार सिस्टम छ । उत्तर कोरियाको रक्षा प्रणाली पनि निकै बलियो छ । यदि अमेरिकी विमान उत्तर कोरियामा खस्छ भने उसको चालक दललाई निकाल्न मुश्किल हुनेछ । उत्तर कोरियाको पिपल्स आर्मी अमेरिकाका साथै दक्षिण कोरियासँग पनि बदला लिन सक्छ । उत्तर कोरियासँग लाखौं सैनिक छन् जसमध्ये केवल ६० लाख रिजर्भ र प्यारामिलिट्रिका जवान छन् । उत्तर कोरियाले यदि दक्षिण कोरियामाथि हमला गर्छ भने उसको निशानमा राजधानी सियोलको एक करोड जनसंख्या हुनेछ ।
तेस्रो विकल्पः व्यापक हमला
उत्तर कोरियामाथि हमला गर्नका लागि अमेरिकाले एक महिनाको तयारी गर्नुपर्ने हुन्छ र यसका लागि अमेरिकालाई दक्षिण कोरियाको पूरा सहयोग चाहिन्छ । यसका साथै उत्तर कोरियाको रहस्यमय परमाणु क्षमतालाई विफल गर्ने पूरा जानकारी हुन पनि आवश्यक छ । यसमा दुबै तर्फबाट हज्जारौंको ज्यान पनि जान सक्छ । साथै, भारी बमबारीको पनि आवश्यकता पर्नेछ । यस्तै, उत्तर कोरियाको पिपल्स आर्मीसँग दक्षिण कोरियामा प्रवेश गर्ने लामो तालिम छ जसबारे पत्ता लगाउन निकै मुश्किल छ । यसका कारण ठूलो मात्रामा संघर्षको स्थिती पैदा हुनेछ । यद्यपी, उच्च प्रविधि भएको अमेरिका र दक्षिण कोरियाली सेनालाई पनि नोक्सानी हुनेछ ।