बागलुङ, १५ भदौ -जेसीज बागलुङको सप्ताह कार्यक्रम अन्तरगत पाचौं दिन बुधबार पत्रकार महासंघ र जेसिज विच मैत्रिपुर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । निकै रोमाञ्चक बनेको प्रतियोगितामा जेसिज बागलुङले पत्रकार महासंघ बागलुङ विरुद्ध १३–८ गोलअन्तरले विजयी हात पारेको थियो । प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले गरेका थिए । अध्यक्ष परियारले खेलकुद शारीरिक साथै बौद्धिक खेल भएकाले सवैले सधै खेलकुदमा सहभागिता जनाउनुपर्ने बताएका थिए । जेसीज बागलुङका अध्यक्ष जोहन बज्राचार्यको अध्यक्षता रहेको प्रतियोगिताको उद्घाटनमा पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा जेसीज सप्ताहका मुलसंयोजक मनोजकुमार विकले स्वागत र प्रतियोगिताका संयोजक सुनिल श्रेष्ठले संचालन गरेका थिए । शनिबारदेखि संचालन भएको जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत बिहीबार जेसीज गाँउ भकुण्डेमा होम स्टेका संचालकहरुका लागि होटल व्यवस्थाप सम्वन्धी तालिम, १६ गते स्वर्गिय प्रगति स्मृति अंचल स्तरीय बक्तृत्वकला प्रतियोगित सहित समापन समारोह र साँझ जेसीज संगम तथा समिक्षा कार्यक्रम हुने बागलुङ जेसिजका कार्यकारिणी उपाध्यक्ष एवम् सप्ताहका मुल संयोजक मनोजकुमार बिकले बताए ।