बागलुङ, १३ भदौ – बिद्यामन्दिर पुस्तकालय बागलुङले १० औं राष्ट्रिय पुस्तकालय दिवसको सप्ताहब्यापी कार्यक्रम अन्तरगत सोमबार विद्यामन्दिर बालबिकास केन्द्रका बालबालिकाको स्वास्थ परिक्षण गरिएको छ ।
केन्द्रमा अध्ययन गर्ने १८ जना बालबालिकालाई धौलागिरि अन्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा. सागर राजभण्डारीले केन्द्रमै स्वास्थ परिक्षण गरेका हुन् । स्वास्थ्य परिक्षण गरिएका १८ जना बालबालिकामध्ये २ जनामा मात्रै स्वास्थ समस्या देखिएको डा. राजभण्डारीले बताए । आगामी दिनमा बालबालिकालाई स्वास्थ समस्या भएमा आफुले जतिसुकै बेला सेवा दिन तयार भएको डा. राजभण्डारी ले बताए ।
२०६५ सालदेखि बालबालिकालाई समेत सेवा दिने उदेश्यले बालबिकास केन्द्र संचालन गर्दै आएको पुस्तकालयले अंचल अस्पतालसंग सहकार्य गरि स्वास्थ्य परिक्षण गरिएको पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए । दिवसको अवसरमा पुस्तकालय मंगलबार बिद्यामन्दिर पुस्तकालयलाई प्रदेश नम्बर ४ कै नमुना बनाउनेबारे अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
Previous Articleअनुशासन समिति गठन
Next Article ‘उद्देश्यअनुरुप काम गर्न नसके सहकारी मर्ज गर्नुपर्छ’