काठमाडौं, १२ भदौ – विभिन्न विषयहरूमा छलफल गर्न व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद विस्तारसम्बन्धी पत्रका बारेमा जानकारी दिने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी, शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षा विधेयक नवौँ संशोधन २०७४ विचार गरियोस् भनेर सदनमा पेश गर्ने कार्यसूचीमा रहेको छ । दिउँसो १ बजे बस्ने संसद बैठकमा प्रमुख विपक्षी दल एमालेले भारत भ्रमणका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गर्ने भएको छ । यसअघि स्थायी समिति बैठकबाट एमालेले प्रधानन्त्री देउवाले भारतमा संविधान संशोधनका विषयमा दिएको अभिव्यक्तिका बारेमा आपत्ति जनाउँदै संसदमा त्यसका विरुद्ध जोडदार रुपमा कुरा उठाउने निर्णय गरेको थियो ।
एमालेका मुख्य सचेतक भानुभक्त ढकालले भारत भ्रमणबारे प्रधानमन्त्री देउवाको जवाफ आओस् भन्ने चाहना आफूहरूको रहेको बताए । ‘प्रधानमन्त्रीले आजको संसद बैठकमा आफ्नो भारत भ्रमण र त्यहाँ भएका सहमति र सम्झौताका विषयमा सदनलाई जानकारी दिनुहुनेछ भन्ने अपेक्षा लिएका छौँ’, उनले भने ।
भारत भ्रमणबारे सदनलाई जानकारी दिन एमालेको माग, संसद बैठक बस्दै
Previous Articleविराटनगरको भारतीय क्याम्प हटाउनुपर्छः प्रचण्ड
Next Article संविधानबारे कसैसँग सम्झौता हुन सक्दैन: प्रधानमन्त्री