म्याग्दी, १२ भदौ-नेविसंघ म्याग्दीद्धारा रौतहटमा राहत वितरण नेपाल विद्यार्थी संघ म्याग्दीले रौतहटका वाढीपिडीत १५० घर परिवारलाई करिब ६ लाख रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरेको छ । तराईमा हालै आएको बाढीबाट पीडित रौतहट जिल्ला परुहा नगरपालिका वडा नं ९ जिंगडिया गाउँका १५० घरपरिवारलाई ५ लाख, ७५ हजार २ सय बराबरको खाद्यान्न, लत्ता कपडा, दाल, चामल, नुन, तेल त्रिपाल, ओड्ने, ओछ्याउने लगायतका सामाग्री वितरण गरेको राहत वितरण कार्यमा सक्रिय नेविसंघ म्याग्दीका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेस म्याग्दीका महाधिवेशन प्रतिनिधि भरत रकालले बताए । ‘हामीले गाउँका १५० घरपरिवारलाई, एक महिनासम्म पुग्ने खाद्यान्न र लत्ता कपडाहरु वितरण ग¥यौं’, राहत वितरण कार्यक्रमका अगुवा रकालले भने, ‘एउटै देशका नागरिक भए पछि तराईमा विपत्ति आउँदा पहाडमा बस्ने नेपाली र पहाडमा विपत्ति आउँदा तराईमा वस्ने नेपालीले सहयोग गर्नु हाम्रो राष्ट्रिय जिम्मेवारी र मानवीय धर्म हो ।’ नेविसंघ म्याग्दीले अभियानमा सहयोग गर्ने सम्पूर्ण जिल्लावासी, सहयोगदाता उद्योगी व्यापारी, राजनीतिक दलका नेता, सहयोग दाता एवम् म्याग्दी जिल्लावासी सम्पूर्ण व्यक्तिहरुलाई आभार व्यक्त गर्दै आआफ्नो ठाउँबाट राहत कार्यमा जुट्न आग्रह गरेको छ ।
Previous Articleबस व्यवसायीका पदाधिकारीलाई बाधाई ज्ञापन
Next Article रोट्रयाक्टको राष्ट्रिय भेला हुने