बागलुङ, १२ भदौ-धौलागिरी अञ्चल जिप व्यावसायी समिति बागलुङले धौलागिरी अञ्चल बस व्यावसायी समितिका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेको छ । जिप व्यवसायी समितिले आईतबार एक कार्यक्रमको आयोजना गरी धौलागिरी अञ्चल बस व्यावसायी समिति बागलुङको १९ औं साधारणसभा तथा १० औं अधिवेशनबाट निर्वाचित पदाधिकारहिरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो । उक्त अवसरमा बोल्दै बस व्यवसायीका नवनिर्वाचित अध्यक्ष उमेश केसीले यातायात व्यावसायीहरु मिलेर यातायातमा आईपर्ने समस्याहरुको समाधान गर्न पहल गर्नुपर्ने बताएका थिए । केसीले यातायातको क्षेत्रमा भएका समस्याहरुको हल गर्न दुवै समिति एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए । यस्तै जिप व्यावसायी समितिका अध्यक्ष शशिकपुर श्रेष्ठले यातायातको समस्या हल गर्ने बस व्यावसायीसँग जिप व्यवसायी सधैं लाग्ने बताएका थिए । जिप व्यावसायीका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत बरिष्ठ उपाध्यक्ष हरिबहादुर जिसी सन्तोष र संचालन महासचिव विष्णु प्रसाद अधिकारीले गरेका थिए ।