बागलुङ, १२ भदौ-काठमाडौंस्थ्ति त्रिभुवन विमानस्थलबाट बाहिरिएका बागलुङ नगरपालिका वडा नं. १३ काप्राबोटका ३६ बर्षीय हरिप्रसाद शर्मा हालसम्म परिवारको सम्पर्कमा आएका छैनन । गत मंसिरमा साउदी गएका हरि ८ महिनामा घर फर्किएका थिए । परिवारले उनको खोजीका लागि प्रहरी र आफन्तसँग अपिल गरेको छ । विमानस्थलबाट श्रीमती सवितालाई फोन गरी आफु आएको जानकारी गराएका हरि अहिलेसम्म सम्पर्कमा आएका छैनन् । त्रिभुवन विमानस्थलमा राखिएको सिसी क्यामाराको रिपोर्ट अनुसार, उनी बुधबार बेलुका ९.४२ मा विमानस्थलबाट बाहिएको उनका दाजु टिकाराम शर्माले बताए । विमानस्थलबाट बाहिरिए पछि बिहीबार विहान उनले आफै फोन गरेका थिए तर कहाँ छन् भन्ने फोनमा कुनै पत्ता लाग्न सकेको थिएन । उनले श्रीमती सवितालाई फोन गरेपनि सवितासँग कुनै संवाद हुन सकेन त्यस पश्चात हालसम्म परिवारको सम्पर्क विहिन भएका छन् । केही समयदेखी सामान्य विरामी परेका कारण उनी घरमा फर्केको र काठमाडौंमा नै उपचार गराउँला भनी श्रीमती सविता र जेठान गोपाललाई विमानस्थलमा नै लिनका लागि बोलाएको परिवारिक श्रोतले बताएको छ । तर बागलुङबाट काठमाडौं जाँदा श्रीमती सविता र जेठान थानकोटको जाममा परेर समयमा विमास्थल पुग्न सकेका थिएनन् । प्रहरीको रिपोर्टअनुसार, हरिको चितवनको दासढुंगासम्म मोबाईलको ट्रयाकिङ भएको जनाईएको छ । शुक्रबार दिउँसो र शनिबार पनि चितवनको नारायणगढ देखिएको भन्ने आएपनि हालसम्म परिवारको सम्पर्कमा आएका छैनन । ‘हामी प्रहरी र आफन्तसँग खोजीका लागि अपिल गरेका छौ’ –दाजु टिकारामले भने ।
Previous Article११ भदौ २०७४, ढोरपाटन दैनिक
Next Article बस व्यवसायीका पदाधिकारीलाई बाधाई ज्ञापन