म्याग्दी, ११ भदौ – मुखको हड्डीमा गम्भीर समस्या देखिएपछि उपचार गराइरहेका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका १७ बर्षिय बिशाल बुदुजाको उपचारमा हङकङबाट १ लाख ४० हजार आर्थिक सहयोग संकलन भएको छ ।
आर्थिक अवस्था कमजोर भएको कारण उपचारबाट बन्चित भएका बुदुजालाई करिव १ लाख ४० हजार संकलन गरिएको ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले बताए ।
‘बुदुजा थप उपचारका लागि भारत जाँदैछन् । विश्वभरबाट संकलन भइरहेको सहयोगले उनले नयाँ जीवन पाउनेछन्’ शाक्यले भने । उनले आर्थिक अवस्था कमजोर भएका म्याग्देलीको उपचार अभियानलाई विश्वभर रहेका म्याग्देलीबाट सहयोग बताए । बुदुजाको उपचारमा संकलन भएको रकम बाहेक कोषबाट समेत सहयोग गरिएको छ ।
नारच्याङकको शिव बुदुजाको पहलमा संकलन भएको थियो । एक बर्ष देखी मुखकोे बङगारा दुख्ने, दाँयातर्फको गालामा खाडल र हड्डी समेत खिजिएपछि आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका थिए ।
विश्वमै निकै कमविरामीमा देखिने मुखको हड्डीको समस्याबाट ग्रसित भएका बुदुजाको उपचारमा चिकित्सकले भारत जान अनुरोध गरेपछि उनका आफन्त संगै भारत जाँदैछन् ।
Previous Article५१ जना बृद्धबृद्धाहरुला सम्मान
Next Article यान्त्रिक पुलको मुनाफा ९० लाख