पर्वत, ११ भदौ – कुस्मा नगरपालिका वडा नं १४ ले वडा भित्रका बृद्धहरुलाई सम्मान गरेको छ । वडाले आर्थर डाडाँखर्कमा आयोजित एक कार्यक्रमका बिच ८५ बर्ष उमेर पार गरेका वडाका ५१ जना बृद्धबृद्धाहरुलाई सम्मान गरेको हो ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले बृद्धहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन । उनले सम्मान कार्यक्रममा बोल्दै बृद्धहरुलाई तिरस्कार गर्ने संस्कारलाई अन्त्य गर्दै सम्मानित नागरिकको रुपमा स्थापित गराउन सम्मान कार्यक्रम प्रभाबकारी हुने बताए ।
आफ्ना बाबु आमालाई सम्मान गरेर आफुँलाई पनि सम्मानको लायक बनाउन सकिने बताउँदै प्रमुख पौडेलले पुराना पुस्ताको अनुभवबाट नयाँ पुस्ताले धेरै सिक्न जरुरी भएको बताए । उनले राज्य पुर्नसंरचनापछि स्थानिय तहमा अधिकारहरु आएका कारण अब मुलुकका हरेक क्षेत्रमा परिर्वतनको अनुभूव हुँदै जाने बताए । कार्यक्रममा बोल्दै एमाले पर्वतका उपसचिब गोबिन्द पहाडीले कुस्मा नगरपालिकाको मुहार कायपलट गर्न जनप्रतिनिधीहरुले राम्रो काम गर्नुपर्ने बताउँदै एमालेका जनप्रतिनिधीहरु अरुभन्दा उदाहरणीय हुन आग्रह गरे ।
प्रेस चौतारी नेपालका निर्वतमान बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्माले बृद्ध सम्मान जस्तै नागरिकका हरेक सुख दुःखमा साथ दिन आग्रह गरे । कार्यक्रममा बोल्दै कुस्मा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेलले कुस्मा नगरपालिकाका प्रमुखले सबै अधिकार आफुँलाई निहीत गर्ने र निरंकुश बन्ने मनसाय राखेका कारण सबै बिकास निर्माणका काम अबरुद्ध हुन पुगेको धारणा राखेका थिए ।
Previous Article२०७४ भदौ ११ गते आईतबारको राशिफल
Next Article उपचारको लागि आर्थिक सहयोग