बागलुङ, १० भदौ – हरेक बर्ष आयोजना हुँदै आएको जेसीज सप्ताह २०१७ बागलुङ जेसीजले शनिवारदेखि शुरु गर्ने भएको छ । शुक्रवार पत्रकार सम्मेलन गरेर सप्ताहव्यापी कार्यक्रमबारे जेसीजले जानकारी गराएको हो । कार्यक्रम अनुसार शनिवार बिहान ८ बजे सप्ताहको उद्घाटन गर्ने भएको हो । त्यसपछि शनिवारै स्वागत बोर्ड व्यवस्थापन कार्यक्रम समेत राखिएको अध्यक्ष जोहन बज्राचार्यले बताए । त्यस्तै आइतवार वाकाथुन कार्यक्रम राखिएको छ । शान्ति दौड तथा टिशर्ट वितरण मार्फत कोष संकलन कार्यक्रम गरिने वाकाथुनबाट संकलित रकमलाई बाढी पिडितलाई वितरण गरिने समेत बताइएको छ । त्यस्तै स्व. सत्यादेवी स्मृति स्लो बाई रेश प्रतियोगिता सोमबार आयोजना गरिएको छ । मंगलवार अन्तर विद्यालय नृत्य प्रतियोगिता, मंगलवार मैत्रीपूर्ण फुटसल प्रतियोगिता समेत राखिएको छ । पत्रकार महासंघसँग खेलिने प्रतियोगिताका लागि शुक्रवारै आमन्त्रण पनि गरिएको हो । त्यस्तै बुधवार जेसीज गाउँ भकुण्डेमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ भने स्व. प्रगती स्मृति अंचल स्तरीय वक्तृत्वकला प्रतियोगिता र समापन कार्यक्रम आगामी बिहिवार गरिने भएको हो । भदौ १६ गते जेसीज संगम तथा समिक्षा सहित कार्यक्रम सम्पन्न हुने बताइएको छ । युवाहरुको क्षमता विकास गर्ने तथा सही मार्गमा हिडाउने अभियानका लागि जेसीजको नेतृत्वदायी भूमिका रहदै आएको छ । साथै युवाहरुलाई नेतृत्वमा पु¥याउनका लागि पनि यस्ता अभियान संचालन गरिदै आएको बज्राचार्यले बताए । जेसीजले जहिले पनि शासन व्यक्तिको नभई विधिको हुनुपर्ने माग गर्दै आएको छ ।
Previous Articleरोट्याक्टको पिएस सम्मेलन पर्वतमा हुँदै
Next Article विकास निर्माणमा साझेदार बन्छुः राज्यमन्त्री खड्का