पर्वत, १० भदौ – युवाहरुको सामाजिक संस्था रोट्याक्ट क्लवको अध्यक्ष सचिव सम्मेलन २०१७ पर्वतमा सञ्चालन हुने भएको छ । रोट्याक्ट क्लव अफ पर्वत र बागलुङको संयुक्त व्यवस्थापनमा भदौ ३१ गते पर्वतमा सम्मेलन सञ्चालन हुने भएको हो । सम्मेलनमा मुलुकभरका करिव १ सय २० रोट्याक्ट क्लवका पदाधिकारी सहभागी हुने भएको छन् । रोट्याक्ट क्लव अफ पर्वतले शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलन बारे जानकारी दिएको छ । कार्यक्रममा सम्मेलनका संयोजक एवं रोट्याक्ट क्लव अफ पर्वतका पुर्व अध्यक्ष विनोद आचार्यले सम्मेलनका बारेमा जानकारी गराएका थिए । कार्यक्रमका अवसरमा रोट्याक्ट क्लव अफ पर्वतका अध्यक्ष मिलन आचार्यले सम्मेलनको तयारीका कार्यक्रमहरु तिब्र रुपमा अघि बढिरहेको जानकारी गराउँदै सञ्चारमाध्यामको क्षेत्रबाट सहयोग गर्न सञ्चारकर्मीहरुलाई अनुरोध गरेका थिए । उनले सम्मेलनका क्रममा करिव ५ सय देखि ६ सय जना रोट्याक्टर सदस्यहरु पर्वतमा आउने जानकारी दिँदै सम्मेलनले पर्वतको होटल व्यवसाय सँगै पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताएका थिए । सम्मेलनको सहभागिता अनुसार होटल व्यवस्थापन गरिने र पर्वतका होटलहरुमा अतिथि व्यवस्थापनमा असहज भए बागलुङमा समेत व्यवस्थापन गर्ने तयारी गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । विशेषत क्लवले बागलुङ कालिका मन्दिर, पर्वतका तीन अग्ला झोलुङ्गे पुल, गुफा, यान्त्रिक पुल, शालिग्राम शिला लगायतका पर्यटकीय क्षेत्रहरुलाई पर्यटकीय गन्तव्यका रुपमा अंगालेको छ । आर्थिक व्यवस्थापनका लागि विभिन्न सरकारी गैरसकारी निकाय, प्याब्सन, होटल व्यवसायी लगायतसँग अनुरोध गर्ने कार्यक्रम तय गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । उक्त सम्मेलनले रोट्याक्ट क्लवले सामाजिक तथा मानवीय क्षेत्रमा आगमी दिनमा गर्ने कार्यदिशा निर्धारण गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।