बागलुङ, १० भदौ – दशौं पुस्तकालय दिवशको अवसरमा जिल्लाकै पुरानो पुस्तकालय विद्यामन्दिर पुस्तकालयले विभिध कार्यक्रम गर्ने भएको छ । शुक्रवार बसेको पुस्तकालयको बैठकले जीवन पयन्त शिक्षाको लागि एक स्थानीय तह, एक नमूना पुस्तकालय भन्ने नारा समेत तय गरेको अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए । दिवशको अवसरमा भदौै ११ गते पुस्तकालय नारा लेखिएको व्यानर प्रदर्शन गर्ने, १२ गते बालबिकासमा अध्ययन गर्ने बालबालिकाको स्वास्थ्य जाँच गर्ने, १३ गते विद्यामन्दिर पुस्तकालयलाई प्रदेश नम्बर ४ को नमूना बनाउने बिषयमा छलफल र अन्तरक्रिया गर्ने, १४ गते विद्यालय स्तरीय वक्तृत्वकला गर्ने र १५ गते मुल समारोह गरेर समापन गर्ने बताइएको छ । पुस्तकालयले प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीलाई पुस्तकालयका उपाध्यक्ष रामप्रसाद शर्माका बुबाको समृतिमा स्थापित गंगाप्रसाद शर्मा स्मृति कोषबाट नगद पुरस्कार र प्रमाणपत्र दिने व्यवस्था समेत गरेको छ । नेपालकै पुरानो पुस्तकालयमा पर्ने भएकोले यसको गरिमा बढीरहेको छ । पुस्तकालयले सामुदायिक पुस्तकालय, ईलाईव्रेरीको स्वरुपमा लगेको छ ।
Previous Articleपुसमा बागलुङ महोत्सव हुने
Next Article रोट्याक्टको पिएस सम्मेलन पर्वतमा हुँदै