बागलुङ, ९ भाद्र – प्रगतिशील युवा परिवार ताराखोला गाउँपालिका वार्ड नम्बर ३ कांक्राखोरको २४ औ वार्षिकोत्सव एवम् तीजी मेला २०७४ को कार्यक्रम बिहीबारबाट सुरु भएको छ । बिहिबार सप्पन्न खुल्ला तीज गीत प्रतियोगितामा ८ समुहको सहभागिता रहेकोमा बराहखोला आधारभूत विद्यालय प्रथम, जनाचेतना आमा समुह डोप्टा दोस्रो र घुम्टे आमा समुह कांक्राखोर तेस्रो भएका छन् । ‘देश विकास हाम्रो प्रतिबद्धता हरेक नीति नियममा युवाहरुको सक्रिय सहभागिता’ भन्ने मुला नारा साथ सन्चालन भएको कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका प्रकाश प्रमुख घर्तीले ताराखोला गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा चिनाउने, प्रगतिशील क्लब परिसरमा तारबारसंगै भवनको मागलाई पनि छिटै सम्बोधन गर्नें र युवाहरूलाई आफ्नै ठाउँमा रोजगारीको सिर्जना गर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा बोल्दै नरेश केसीले युवाहरु सामाजिक कार्यतर्फ अग्रसर भएर लाग्न आग्रह गरेका थिए । वडा नं ३ का अध्यक्ष डिलबहादुर बस्नेतले महिलाहरु राष्ट्रका उच्च पद पुगिसकेको अबस्थामा नारीहरु आफ्नो हक अधिकारको लागि चनाखो हुनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा वडा नं. ३ का दलित महिला सदस्य तेजुमाया भण्डारी परियार, नेकपा एमाले हिल अध्यक्ष मनबहादुर लामिछाने, राष्ट्रिय जनामोर्चा हिलका अध्यक्ष डम्बर थापा, प्रयोजकहरुको तर्फबाट प्रवीण कार्की, प्रगतिशील युवा क्लबका सदस्य सागर खत्री प्रकाश, कोपिला चालिसे लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम प्रगतिशील युवा क्लबका अध्यक्ष कर्णबहादुर भण्डारीको अध्यक्षता, सदस्य प्रतीभा सापकोटा स्वागत र पत्रकार शान्त खत्री मौसम र प्रथम उपाध्यक्ष सबिता खत्रीको संचालनमा सप्पन्न भएको थियो ।
Previous Articleनेपालमा जिल्लाको संख्या ७७ पुग्यो !
Next Article गल्कोटमा तिजी कार्यक्रम