बागलुङ, ८ भदौ-निसीखोला गाउँपालिकाका पहिरो पीडितहरु राज्यले आफुहरुलाई उपेक्षा गरेको भन्दै आन्दोलित बनेका छन् । लामो समयदेखि पहिरोका कारण प्रत्येक बर्ष समस्या झेल्दा पनि पीडित जनताको माग सुनुवाई नभएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरिहेका छन् । आफना समस्यालाई सरोकारवाला व्यक्ति वा निकाय समक्ष प्रस्तुत गर्न गाँउ भेला गरेर उनीहरुले विपत पीडित समिति समेत गठन गरेका छन् । पहिरो पीडित लालबहादुर सिँजालीको संयोजकत्वमा बनेको उक्त समितीले बिभिन्न निकायमा पुग्दै राज्यलाई आफनो मागको बारेमा ध्यानकर्षण गराउने बताएको छ । पहिरो पीडित परिवारका एक सदस्य पवनकुमार सिँजालीले आफनो नाममा रहेको जग्गा जमिन राज्यलाई दिएर बरु सुकम्वासी भएर यसैगरी जंगलमा बस्न तयार रहेको पनि पीडा सुनाए । अर्काेतिर पहिरोका कारण गाँउ नै बिस्थापित भएर लेकतर्फ गएका निसीखोला गाउँपालिका–१ हुल्दीका बासिन्दा गाउँ फर्किन सक्ने अबस्था छैन । सय भन्दा बढी बालबालिकाको पढाई अबरुद्ध भएको छ । गत साउन २० गतेको अबिरल बर्षात्का कारण पाँच जनाको ज्यान जानुका साथै लाखौँको धनजनको क्षेति र गाँउ नै पहिरोको उच्च जोखिममा परेपछि स्थानीय बासिन्दा २० गतेदेखि नै पशुचौपाया सहित बन्दोबस्तीका सबै सामाग्री लिएर लेकतर्फ गएका छन् । हुल्दी गाउँका ८० घरदुरी बासिन्दा लेकमा नै छन् । गाँउमा रहेको रसानन्द प्रावि १० दिनका लागि बिढा गरेर गत भदौ १ गतेदेखि खुलाईए पनि पहिरोले असर नपु¥याएको क्षेत्रका १०–१५ जनामात्र बिद्यार्थी बिद्यालय आउने गरेको बिद्यालयका प्रअ बालिन्द्र मल्लले बताए । मल्लका अनुसार, सबै बिद्यार्थी बिद्यालय नआएका कारण पठनपाठनमा समस्या भईरहेको छ । बिद्यालयमा कुल १ सय १३ जर्ना मध्ये १५ जना विद्यार्थी मात्र आउने गरेकाले प्रथम त्रैमासिक परीक्षा समेत अबरुद्ध भएको हो । स्थानीय पीडित जनताहरु गाँउ झर्न मान्दैनन् । निरन्तर बर्षात भईरहँदा निरन्तर पहिरो जाने उच्च जोखिम भएकै कारण लेक गएका कसैले पनी गाउँ झर्ने नमानेको शिक्षक मल्लको भनाई छ । पछिल्लो समय दुई जना अशतm महिलाहरु बिद्यालयकै एउटा कोठामा बस्ने गरेका छन् । गाँउमा मकै पाकी सकेकोछ । खेती स्याहार्न समेत जोखिम भएको पहिरो पीडित हुम बहादुर मल्लले बताए ।
तराईका बाढी पीडितलाई बागलुङेको राहत
बागलुङमा क्रियाशिल विभिन्न क्लबमा आबद्ध युवा युवतीहरुले संकलन गरेको राहत रकम महोत्तरी र सुनसरीका बाढी पीडितहरुको घरमै गएर वितरण गरेका छन् । बागलुङमा संकलन गरेको रकमबाट महोत्तरी जिल्लाको पिप्रा गाउँपालिका वडा नं. १ बन्टोलाका बाढी पीडितलाई राहत उपलब्ध गराइएको हो । बाढी पीडितहरुलाई खाद्यान्न, पाल, मछ्डदानी, तन्ना लगायतका सामग्री वितरण गरिएको टोलीका सदस्य रोशन जिसीबाट जानकारी प्राप्त भएको छ । बाढीबाट पीडित जनताको उद्धारका लागि राज्यका विभिन्न तहदेखि सरकारी तथा गैर सरकारी र सहकारी क्षेत्र समेत उद्धार जुटेको अवस्थामा बागलुङका युवाहरुले पनि राहत संकलन गरेर सम्बन्धित क्षेत्रमै पुगेर राहत वितरण गरेका हुन् । बागलुङमा संकलित रकम, लत्ताकपडा र खाद्य सामाग्रीहरु बाढी पीडितहरुलाई नै प्रदान गर्नका लागि स्वास्थ्यकर्मी सहितको टोली सोमबार महोत्तरी प्रस्थान गरेका थियो । बागलुङे युवाहरुले १ लाख ३७ हजार ९ सय ६५ रुपैया संकलन गरेका थिए । महोत्तरीका बाढी पीडितलाई ८० हजार बराबरको सामग्री हस्तान्तरण गरिएको विजय गौतमले बताए । यसैबीच, टोलीले बुधवार सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं. १४ एकम्बा गाउँमा निशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ । सिद्धी स्मृति प्रतिष्ठान, आयोन, द्रुत स्वयंसेवक संस्थाको सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा १ सय १० जनाको स्वास्थ्य परिक्षणका साथै ९० हजार बराबरको औषधी वितरण गरिएको स्वास्थ्यकर्मी सिर्जना खड्काले जानकारी दिईन् । टोलीमा रोशन जिसी, प्रतिमा पुन, सिर्जना खड्का, सन्ध्या जिसी, विजय गौतम, इश्वर ढकाल र निसा पुन रहेका थिए ।निसीखोला गाउँपालिकाका पहिरो पीडितहरु राज्यले आफुहरुलाई उपेक्षा गरेको भन्दै आन्दोलित बनेका छन् । लामो समयदेखि पहिरोका कारण प्रत्येक बर्ष समस्या झेल्दा पनि पीडित जनताको माग सुनुवाई नभएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरिहेका छन् । आफना समस्यालाई सरोकारवाला व्यक्ति वा निकाय समक्ष प्रस्तुत गर्न गाँउ भेला गरेर उनीहरुले विपत पीडित समिति समेत गठन गरेका छन् । पहिरो पीडित लालबहादुर सिँजालीको संयोजकत्वमा बनेको उक्त समितीले बिभिन्न निकायमा पुग्दै राज्यलाई आफनो मागको बारेमा ध्यानकर्षण गराउने बताएको छ । पहिरो पीडित परिवारका एक सदस्य पवनकुमार सिँजालीले आफनो नाममा रहेको जग्गा जमिन राज्यलाई दिएर बरु सुकम्वासी भएर यसैगरी जंगलमा बस्न तयार रहेको पनि पीडा सुनाए । अर्काेतिर पहिरोका कारण गाँउ नै बिस्थापित भएर लेकतर्फ गएका निसीखोला गाउँपालिका–१ हुल्दीका बासिन्दा गाउँ फर्किन सक्ने अबस्था छैन । सय भन्दा बढी बालबालिकाको पढाई अबरुद्ध भएको छ । गत साउन २० गतेको अबिरल बर्षात्का कारण पाँच जनाको ज्यान जानुका साथै लाखौँको धनजनको क्षेति र गाँउ नै पहिरोको उच्च जोखिममा परेपछि स्थानीय बासिन्दा २० गतेदेखि नै पशुचौपाया सहित बन्दोबस्तीका सबै सामाग्री लिएर लेकतर्फ गएका छन् । हुल्दी गाउँका ८० घरदुरी बासिन्दा लेकमा नै छन् । गाँउमा रहेको रसानन्द प्रावि १० दिनका लागि बिढा गरेर गत भदौ १ गतेदेखि खुलाईए पनि पहिरोले असर नपु¥याएको क्षेत्रका १०–१५ जनामात्र बिद्यार्थी बिद्यालय आउने गरेको बिद्यालयका प्रअ बालिन्द्र मल्लले बताए । मल्लका अनुसार, सबै बिद्यार्थी बिद्यालय नआएका कारण पठनपाठनमा समस्या भईरहेको छ । बिद्यालयमा कुल १ सय १३ जर्ना मध्ये १५ जना विद्यार्थी मात्र आउने गरेकाले प्रथम त्रैमासिक परीक्षा समेत अबरुद्ध भएको हो । स्थानीय पीडित जनताहरु गाँउ झर्न मान्दैनन् । निरन्तर बर्षात भईरहँदा निरन्तर पहिरो जाने उच्च जोखिम भएकै कारण लेक गएका कसैले पनी गाउँ झर्ने नमानेको शिक्षक मल्लको भनाई छ । पछिल्लो समय दुई जना अशतm महिलाहरु बिद्यालयकै एउटा कोठामा बस्ने गरेका छन् । गाँउमा मकै पाकी सकेकोछ । खेती स्याहार्न समेत जोखिम भएको पहिरो पीडित हुम बहादुर मल्लले बताए ।
तराईका बाढी पीडितलाई बागलुङेको राहत
बागलुङमा क्रियाशिल विभिन्न क्लबमा आबद्ध युवा युवतीहरुले संकलन गरेको राहत रकम महोत्तरी र सुनसरीका बाढी पीडितहरुको घरमै गएर वितरण गरेका छन् । बागलुङमा संकलन गरेको रकमबाट महोत्तरी जिल्लाको पिप्रा गाउँपालिका वडा नं. १ बन्टोलाका बाढी पीडितलाई राहत उपलब्ध गराइएको हो । बाढी पीडितहरुलाई खाद्यान्न, पाल, मछ्डदानी, तन्ना लगायतका सामग्री वितरण गरिएको टोलीका सदस्य रोशन जिसीबाट जानकारी प्राप्त भएको छ । बाढीबाट पीडित जनताको उद्धारका लागि राज्यका विभिन्न तहदेखि सरकारी तथा गैर सरकारी र सहकारी क्षेत्र समेत उद्धार जुटेको अवस्थामा बागलुङका युवाहरुले पनि राहत संकलन गरेर सम्बन्धित क्षेत्रमै पुगेर राहत वितरण गरेका हुन् । बागलुङमा संकलित रकम, लत्ताकपडा र खाद्य सामाग्रीहरु बाढी पीडितहरुलाई नै प्रदान गर्नका लागि स्वास्थ्यकर्मी सहितको टोली सोमबार महोत्तरी प्रस्थान गरेका थियो । बागलुङे युवाहरुले १ लाख ३७ हजार ९ सय ६५ रुपैया संकलन गरेका थिए । महोत्तरीका बाढी पीडितलाई ८० हजार बराबरको सामग्री हस्तान्तरण गरिएको विजय गौतमले बताए । यसैबीच, टोलीले बुधवार सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं. १४ एकम्बा गाउँमा निशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ । सिद्धी स्मृति प्रतिष्ठान, आयोन, द्रुत स्वयंसेवक संस्थाको सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा १ सय १० जनाको स्वास्थ्य परिक्षणका साथै ९० हजार बराबरको औषधी वितरण गरिएको स्वास्थ्यकर्मी सिर्जना खड्काले जानकारी दिईन् । टोलीमा रोशन जिसी, प्रतिमा पुन, सिर्जना खड्का, सन्ध्या जिसी, विजय गौतम, इश्वर ढकाल र निसा पुन रहेका थिए ।
Previous Articleसाँस्कृतिक कार्यक्रम शुरु
Next Article २०७४ भाद्र ९ गते शुक्रबारको राशिफल