बागलुङ, ८ भदौ-निसीखोला गाउँपालिका–४ मा रहेको बृहस्पति युवा क्लबले हरितालिका तीज तथा आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु बुधबारदेखि सुरु भएको छ । क्लबले आयोजना गरेको प्रतियोगितात्मका कार्यक्रमहरु मध्य बुधबार पहिलो दिन खुल्ला पुरुष भलिवल प्रतियोगिता भएको छ । १६ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा ६ खेल भएको क्लबका सचिव मिलन हमालले बताए । जसअनुसार, आयोजक समुह बि, पशुपति आधारभुत विद्यालय धारखर्क, बातारण संरक्षण मञ्च बोहरागाँउ दोस्रो चरणमा प्रबेश गरेको सचिव हमालले बताए । क्लबले पुरुष भलिबल प्रतियोगिता, महिला तथा पुरुष छेलो, तिज गीत प्रतियोगिता, बृहस्पति आईडल डान्स प्रतियोगिता, पञ्चेबाजामा मायालु भाका प्रतियोगिता लगायतका प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको छ । साथै बयोबृद्धा नागरिक सम्मान, शैक्षिक सम्मान, युवा विद्युवा सम्मान, स्थानिय प्रतिभा सम्मान कार्यक्रमको समेत आयोजना गरिएको क्लवका सचिव मिलन हमालले जानकारी दिए । आयोजित प्रतियोगितात्मक कार्यक्रमहरु बुधबारदेखि सुरु गरिए पनि कार्यक्रमको विधिवत उद्घाटन भने शुक्रबार ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीबाट हुने क्लबले जनाएको छ ।