पर्वत, ८ भदौ-मोदीगाउँपालिका–६ मा रहेको महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । मातृभुमिको लागि पर्वत सेवा समाज नेपालको आयोजनामा विद्यालयमा अध्ययन गर्ने ५० जना विद्यार्थीलाई झण्डै ६० हजारको शैक्षिक सामग्री वितरण गरिएको हो । शैक्षिक सामाग्री अन्तर्गत झोला, कापी तथा कलम र ईसिडी बिद्यार्थीहरुको लागि किताब बितरण गरिएको आयोजकले जनाएको छ । मोदी गाउँपालिका–६ तिलाहारका वडा अध्यक्ष अध्यक्ष बिमल लामिछानेले उक्त शैक्षिक सामाग्री विद्यार्थीलाई वितरण गरेका थिए । वडाध्यक्ष लामिछानेले रोजगारिको शिलशिलामा प्रबास रहेका नेपाली मनहरुको सहयोग बिद्याथीको लागि अबिश्मरणीय रहने भन्दै सहयोगी मनहरुलाई हार्दिक कृतज्ञता समेत ब्यक्त गरे । उनले शिक्षाको विकास नभई देशको विकास नहुने भन्दै दलित र पिछडिएको समुदायलाई शिक्षित र जागरुक बनाएर अगाडी बढाउन सरकारले पनि ठोस कार्यक्रम ल्याउनुपर्ने कुरामा जोड दिए । पछाडी परेका समुदाय, गरिव, दलित जेहेन्दार बिद्याथीहरुको लागि शैक्षिक सामग्री सहयोग गरेको मातृभुमिका लागि पर्बत सेबा समाजका अध्यक्ष अर्जूनप्रसाद पौडेलले बताए । सोही अबसरमा बिहादी गाउँपालिका–३ घर भई आर्थिक अबस्था नाजुक भएको लक्ष्मी श्रेष्ठलाई नगद रु १० हजार सहयोग गरिएको थियो । उनकोे मुटुको भल्ब फेरेको र श्रीमान समेत बिरामी अबस्थामा रहेकोले उहालाई सहयोग गरिएको मातृभुमिका लागि पर्बत सेबा समाजका सचिब अर्जून निर्जन पौडेलले बताए । सो विद्यालयमा कुल विद्यार्थीमध्ये ४२ जना विद्यार्थी दलित समुदायका छन् ।