पर्वत, ८ भदौ-जिल्लाको मोदी गाउँपालिका वडा नम्बर ६ तिलाहारमा रहेको महेन्द्र प्रथामिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । मातृभुमिको लागि पर्वत सेवा समाज नेपालको आयोजनामा विद्यालयमा अध्ययन गर्ने ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । सो बिद्यालयमा अध्ययनरत ४२ जना दलित बिद्यार्थी सहित सबै बिद्यार्थीहरुलाई ६० हजार मुल्य बराबरको शैक्षिक सामाग्री बितरण गरीएको हो । सो अबसरमा बिद्यार्थीहरुको लागि झोला, कापी तथा कलम र ईसिडी बिद्यार्थीहरुको लागि किताब बितरण गरिएको थियो । कार्यक्रममा बोल्दै वडा नम्बर ६ का वडा अध्यक्ष बिमल लामिछानेले सहयोगले विद्यार्थीमा थप हौसला प्रदान गरेको बताए । उनले रोजगारिको शिलशिलामा प्रबास रहेका नेपाली मनहरुको सहयोग बिद्यार्थीको लागि अविष्मरणीय रहने भन्दै सहयोगी मनहरुलाई हार्दिक कृतज्ञता समेत ब्यक्तm गरे । उनले शिक्षाको विकास नभई देशको विकास नहुने भन्दै दलित र पिछडिएको समुदायलाई शिक्षित र जागरुक बनाएर अगाडी बढाउन सरकारले पनि ठोस कार्यक्रम ल्याउनुपर्ने कुरामा जोड दिए । पछाडि परेका समुदाय, गरिब, दलित जेहेन्दार बिद्याथीहरुको लागि शैक्षिक सामग्री सहयोग गरेको मातृभुमिका लागि पर्बत सेबा समाजका अध्यक्ष अर्जूनप्रसाद पौडेलले बताए । त्यहाँ रहेका विद्यार्थीहरुको लागि शैक्षिक सामाग्रीहरु कामको सिलसिलामा ईजरायल रहेका सहयोगी एबम् परोपकारी भावना भएका ब्यक्तित्वहरुले गरेका थिए । सो अबसरमा बिहादी गाउँपालिका वडा नम्बर ३ घर भई आर्थिक अबस्था नाजुक भएको लक्ष्मी श्रेष्ठलाई नगद १० हजार सहयोग गरिएको थियो । उनको मुटुको भल्ब फेरेको र श्रीमान समेत बिरामी अबस्थामा रहेकोले उहाँलाई सहयोग गरिएको मातृभुमिका लागि पर्बत सेबा समाजका सचिब अर्जून निर्जन पौडेलले बताए । बिद्यालयका प्रधानाध्यापक रामकाजी श्रेष्ठले रोजगारीको शिलशिलामा नेपाल बाहिर रहेपनि खाजा खर्च कटाएर बिद्यार्थीहरुको लागि शैक्षिक सामाग्री बितरण गर्ने मातृभुमिको लागि पर्बत सेबा समाजलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि दलित बिद्यार्थीहरुको बाहुल्यता रहेको बिद्यालयमा थप सहयोग गर्न आग्रह समेत गरे । कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बाबुराम पराजुली, मातृभुमिको लागि पर्बत सेबा समाजका कोषाध्यक्ष दुर्गा सापकोटा लगायतले बोलेका थिए । मातृभुमिको लागि पर्बत सेबा समाजका अध्यक्ष अर्जूनप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब अर्जुन निर्जन पौडेलले गरेका थिए ।