बागलुङ, ७ भदौ-चारतारे युवा क्लव सिवाईसी नेपालले आफ्नो रजत जयन्ती वर्षभर विभिन्न कार्यक्रमहरु गरी मनाईरहेको सन्दर्भमा मंगलबार एक कार्यक्रमका बीच जिल्लास्थित मानव सेवा आश्रमका लागि उपभोग्य सामाग्री र नगद रकम हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्वको कर्मचारीहरुको टोलीले आश्राममै पुगेर ५० के.जी. चामाल, तेल, चीनी, नुन, जीरा लगाएतका उपभोग्य सामाग्री र नगद रु. ५ हजार आश्रमका संयोजक मनिष रायमाझीलाई हस्तान्तरण गरेका हुन् । सोही क्रममा आश्रममै जन्म लिएकी बच्ची सृष्टी मानवका लागि सिवाईसी साकोसका शेयर सदस्य ममीता पुनले संस्थामा रु. ५ सयले बाल बचत खाता खोलीदिएकी छन् । पुनले उक्त बचतलाई मासिक १ सयका दरले १६ वर्षसम्म निरन्तरता दिने प्रतिवद्धता समेत जनाईन । संस्थाले बाढी, पहिरो, डुबान लगाएतका दैवी प्रकोप र मानव सेवा आश्रम जस्ता सेवाभाव बोकेका संस्थाहरुको सहयोगका लागि आफ्ना १९ वटा शाखा कार्यालयमार्फत मुठीदान कार्यक्रम अन्र्तगत खाद्यन्न संकलन र संस्थाको कार्यसमितिले १ दिनको बैठक भत्ता र कर्मचारीहरुले वार्षिक १ दिनको तलब यस्तो कार्यका लागि प्रदान गर्ने व्यवस्था मिलाएको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेले जानकारी दिए । पौडेलले नेपाली नारीहरुको महान् चार्ड हरितालीका तिज नजिकीदै जाँदा हुने खानेहरुले धुमधामसंग तीज मनाईरहेको अवस्थामा विविध कारणवश आश्रममा बस्न विवश व्यक्तिहरुका लागि संस्थाको तर्फबाट सानो सहयोग भएको र सबैलाई चाडपर्वहरु मितव्ययी रुपमा मनाई खर्चको केही अंश आश्रम लगाएत पिडामा रहेकालाई सहयोग गर्न सबैलाई आग्रह गरेका थिए । सिवाईसी नेपालका प्रवन्धक संगिता शर्मा पौडेलले सञ्चालन गरेको कार्यक्रममा आश्रमका संयोज रायमाझीले सिवाईसी टिमलाई स्वागत गर्दै सहयोगका लागि धन्यवाद दिएका थिए ।
Previous Articleप्रश्न निर्माण कार्यशाला सकियो
Next Article आश्रमलाई सामाग्री र नगद सहयोग