बागलुङ, ७ भदौ- अमृत आदर्श उच्च माध्यामिक बिद्यालय बागलुङमा हरितालिका तीजको अबसरमा अन्तर बिद्यालय नृत्य प्रतियोगिता भएको छ । निजि तथा आवशीय बिद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) जिल्ला कार्य समिति बागलुङले कार्यक्रम गरेको हो । कक्षा ५ सम्म र ६ भन्दा माथि गरि २ प्रतियोगिता सम्पन्न भएको थियो । बाल नृत्य प्रतियोगितामा चिल्डे«न लाईफ बोर्डिङ स्कुल प्रथम, अम्मर आदर्श उच्च माध्यामिक बिद्यालय दोस्रो र गरिमा आवशिय माध्यामिक बिद्यालय तेस्रो भएका छन् । यस्तै ६ भन्दा माथिको तहबाट अम्मर आदर्श उच्च माध्यामिक बिद्यालय प्रथम, चिल्डे«न लाईफ बोर्डिङ स्कुल दोस्रो र धौलागिरी बोर्डिङ स्कुल तेस्रो भएका छन् । प्रदेश नं.४ का वरिष्ठ उपाध्यक्ष बिजय राज पन्तले विद्यार्थीहरुलाई सैद्धान्तिक मात्र नभई अतिरिक्त क्रियाकलापबाट पनि शिक्षा प्रदान गर्नुपर्ने बताए । उनले पछिल्लो समय शैक्षिक गुणस्तर खस्किरहेको गुनासो बढिरहेकाले शिक्षाको गुणस्तर अभिबृद्धिका लागि सम्पुर्ण शिक्षक, अभिभावक तथा विद्यार्थीले ध्यान दिनुपर्ने बताए । कार्यक्रम अमृत आदर्श उच्च माध्यामिक बिद्यालयका प्रिन्सिपल महेश चन्द्र प्रधानको अध्यक्षता कोषाध्यक्ष गणेश प्रशाद शर्माको स्वागत र शिक्षक नगेन्द्र मल्लको सन्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleतिजी मेलामा बागलुङका तीन महिला सम्मानीत
Next Article पत्रकार महासंघमा श्रमका कुरा