बागलुङ, ७ भदौ-नेपाली नारीहरुको विशेष पर्ब हरीतालिका जितको अवसरमा सोमबार तिजी मेला सम्पन्न भएको छ । बागलुङ बजार स्थित वीरेन्द्र विकास समिक्षालय चोकमा आयोजित मेलाको बरिष्ठ लोक गायीका विमाकुमारी दुराले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा गायीका दुराले मौलिक लोक संस्कृति र परम्परालाई मेट्न नुहुने बताएकी थिइन । उनले तिजको अवसरमा पछिल्लो समय देखिएको छाडा विकृती र विसंगतीप्रती चिन्ता व्यक्त गर्दै पुरानै सस्कारमा नेपालीहरुको इज्जत रहेको बताइन । तिजी मेलाको अवसर पारेर कालिका भगवती गुठीले बागलुङमा जन्मेर विभिन्न क्षेत्रमा योगदान पुर¥याउने ३ जना महिलाहरुलाई सम्मान गरेको छ । गुठीले राजनैतिक क्षेत्रबाट मनकुमारी केसी, कला सस्कृति तर्फ जुना श्रीस तथा सामाजिक सेवा तर्फ पोतकुमारी जिसीलाई सम्मान गरेको हो । वरिष्ठ लोक गायिका विमाकुमारी दुराले सम्मानीतहरुलाई सम्मान गरेक थिइन र सम्मानित केसी हाल नेकपा एमाले कन्द्रिय सदस्य, श्रीस पछिल्लो समय गित संगित क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा चर्चित गायिकाको स्थान बनाउन सफल व्यक्ति हुन ।
यसैगरी तित्याङ गाविसकी पूर्व उपाध्यक्ष पोत कुमारी जिसीले समाजसेवीको रुपमा बाटो, विद्यालय, सस्कृती संरक्षण, महिला सशक्तिकरण आदी क्षेत्रमा गरेको कार्य प्रशंसनिय मानिन्छ । जिसी हाल बेलायतमा बसोबास गर्दै आएकी छिन् । कालिका भगवती गुठी व्यवस्थापन समितिको संयोजनमा सम्पन्न मेलामा सहभागी दर्शकहरुलाई सामूहिक रुपमा दर समेत खुवाउने व्यवस्था गरिएको थियो । मेलामा वरिष्ठ गायिका दुरा, सम्मानित कलाकार श्रीस लगायत दर्जनौ कलाकारहरुले सांगितिक प्रस्तुती प्रस्तुत गरेका थिए । मेलाको संयोजक रुद्रा केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत महिला हित सहकारीकी अध्यक्ष लिला खड्का र संचालन लोक दोहोरी प्रतिष्ठान बागलुङकी अध्यक्ष किरण थापाले गरेकी थिइन ।
Previous Articleप्रधानमन्त्री देउवा भारत प्रस्थान
Next Article प्याव्सनको अन्तर विद्यालय नृत्य प्रतियोगिता