बागलुङ, ६ भदौ-गलकोट नगरपालिकाका उममेयर रेनुका काउचाले तीज पर्व महिलाहरु माईतमा गई दिदीबहिनीहरुसँग जम्काभेट भई आफनो दुखसुख साटासाट गर्ने पर्व भएको बताएकी छन् । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा गलकोट एफ एमले तीज बिशेष कार्यक्रम छैंठौं गलकोट तीज उत्सबका अवसरमा यस्तो बताएकी हुन् ।
उपमेयर काउचाले पछिल्लो समय भड्किला गीतसँगीत र आवश्यकता भन्दा बढि गरगहना लगाउने परंपरा बसेको चर्चा गर्दै यस्तो बिकृतिलाई अन्त्य गनुपर्ने बताईन् । गलकोट बहुमुखी क्यापसको परिसरमा आयोजना गरिएको तीज बिशेष कार्यक्रममा स्थानिय महिलाहरुको उल्लासपुर्ण सहभागिता रहेको थियो । कार्यक्रममा समुदायमा पुर्याएको योगदानको कदर गर्दै गलकोट नगरपालिका र ताराखोला गाउपालिका भित्रका नवनिर्वा्चित सम्पुर्ण महिला सदस्यहरुलाई एक सेट रेडियो र खादा ओढाएर सम्मान गरिएको थियो । त्यस्तै सोहि अवसरमा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेनुका काउचा लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गलकोट सुचना तथा सञ्चार सहकारी सस्थाका सञ्चालक समिति सदस्य मञ्जु शर्मा चालिसेले गलकोट एफ एमले नवनिर्वा्चित महिला जनप्रतिनिधिहरुलाई सम्मानित गर्दै हौसला प्रदान गरेको बताईन ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गलकोट समाज गलकोटका अध्यक्ष हर्क बहादुर पाण्डेले महिला मैत्री बाताबरण निमार्ण गर्न गलकोट तीज उत्सवमार्फत रेडियोले सकारात्मक भुमिका निर्बाह गरेको बताए । यस्तै बृहत खुल्ला तीजगीत तथा नृत्य प्रतियोगितामा १६ समुहको सहभागीता रहेकोमा मिलन आमा समुह प्रथम, नवजीवन आवासीय माद्यमिक बिद्यालय व्दीतिय, बसन्त युवा परिवार तृतिय, गलकोट माध्यमीक बिद्यालय र शिव माद्यामिक बिद्यालय सान्त्वना पुरस्कारबाट पुरस्कृत भएका छन । त्यस्तै उत्कृत नृत्य तर्फ स्वास्थ स्वावलम्बी आमा समुह र उत्कृष्ट गीततर्फ समाज कल्याण आमा समुह बिजयी बनेका छन । कार्यक्रममा सहयोग गर्ने १ दर्जन बढि ब्यक्ति तथा सस्थाहरुलाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रम गलकोट सूचना तथा सञ्चार सहकारी सस्था लिमिटेडका सञ्चालक समितिका सदस्य मञ्जु शर्मा चालिसेको अध्यक्षता, लेखा समिति सदस्य खिमा कुमारी अधिकारीको स्वागत मन्तब्य, गलकोट एफ एमका कार्यक्रम संयोजक सरिता खत्री र बिज्ञापन प्रमुख शर्मिला बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।