कृष्ण प्रसाद शर्मा-समाज भनेको सामाजिक सम्बन्धको जालो हो भनेर समाजशास्त्रले भन्दछ । यहि सम्बन्धको जालोमा महिलासँग सम्बन्धित सम्बन्ध भने पुतली बल्झाउने माकुराका जाल जस्तै लाग्छन् । महिलाको बारे लेख्ने सबै फ्यामेनिष्ट हुन भन्ने होईन कि महिलालाई पुरूष बराबर सम्मान र व्यवहार गरियोस् किनकी महिलाहरू पुरुष सरह मानसिक र समाजिक रुपमा सबल छन् भन्ने तककक हो जुन सत्य पनि हो ।
समाजले पुरुषलाई र महिलालाई प्रजनन् अगंका आधारमा मात्र होईन सामाजिक र साँस्कतिक र धामिककक रुपमा धेरै कुराहरूको नथ्थी लगाउन चाहन्छ जसको फलस्वरुप महिला बौद्दिक हुनु र हुन्छन भन्ने कुरा धेरै परको कुरा हो । महिला बुद्धीजीवी भएको समाजलाई अझै पनि पाच्य छैन । महिला बोले भाले बासेको हुन्छ । महिलालाई हेर्ने दृष्ट्रिकोण नै अधिकांश ठाउँमा गलत र अपव्याख्या गरिन्छ । कुनै पनि महिला कर्मचारी र पुरूष कर्मचारीको टेबुलमा छरिएर रहेका किताबमा समेत फरक दृष्ट्रिकोण राखिन्छ ।
यदि महिलाको टेबुलमा छरपष्ट काजगपत्र छन् भने राम्रो सँग फाईल गरे राख्न नसक्ने असभ्य तर त्यही दृष्य पुरुष कर्मचारीको टेबुलमा देखे निकै व्यस्त र फुर्सद नपाएर त्यस्तो भएको हाम्रो अग्रगामी आँखाले छुट्टाईदिन्छ । महिलालाई होच्चाएर बनाईएका धेरै भनाई र उखान टुक्का छन् तर यसो भन्दा पौरिणीक कथामा महिलालाई कतै कतै शक्तीशाली बनाईएको कुरा भुलेको नसोचौ तर कथामा उल्लेखित भए पनि व्यवहारमा सीताले मात्रै अग्नी परिक्षा दिईराख्नु पर्ने समाज जीवीत छ । समाचारका कतिपय शिर्षकहरु हेर्दा लाग्छ यो समाजका सब बिकृतिमा महिलाको हात छ ।
कतिपय होटेल र मसाजमा छापा मारे पछि त्यहाँ यौन धन्दा गरेका महिलाहरू भनेर फोटो हालेर लेखिन्छ तर ति महिलासँग क्षण बिताउने पुरुषको न त नाम न त फोटो । महिला बेश्या बन्नुमा पुरुषको भुमिका शुन्य छ त ? यसरी संगै एउटै घटनामा पुरुष साधु र महिला चोर देख्ने र देखाउने समाजमा महिला बौद्धिक भनेर छाप्ने वा लेख्ने वा तिनीहरूका किताब कतिले पढ्छन् । पुरुषहरू महिला भन्दा बढी अक्सर जोखिम मोल्न तयार हुन्छ त्यसैले पुरुषले व्यवसायीक रुपमा संसार खाएका छन् भनेर पढ्न पाईन्छ तर यसको साथ साथै हरेक पुरुषको सफलतामा महिलाको हात र साथ हुन्छ भन्ने कुरा जोड्न त पक्कै पर्छ होला ।
तर महिला सफलतामा पुरुष हात हुँदैन भन्ने अर्थ नलागोस् । यसै सगँ जोडौ कि एकल महिलाले जति प्रगति र संर्घष एकल पुरुषले गर्न सकेका छैनन् भन्ने अध्यानले समेत देखाएको छ । विश्व भरीकै सडक दुर्घटना हेर्दा बढी सुरक्षित सवारी चालकका रुपमा महिला छन् भन्ने अध्यानले पुष्टी गरेको छ भने हामीले महिला बौद्धिक देख्न मंचमा कति महिला छन् त्यस बाट ट्याग लगाई दिन्छौं । भर्खरै मात्र पाकिस्तानी किरोशी मलालालाई अक्स्र्फोड विश्वविद्यालयले पढ्नको लागी भर्ना गर्यो भन्न त अफ्गानिस्तानमा पश्चिमाको कार्वाहीमा उनको प्रयोग गरे त्यसैले फ्लोसिप पाईन् भन्दिए पनि भयो तर महिलाको क्षमता र दक्षताको कदर बिकशितमा हुन्छ तर श्रमको मुल्यमा भने बेलायत जस्ता देशमा बिभेद अझै छ ।
महिलाका साहासिक कामहरू लिपिवद्ध गर्ने काम धेरै कम भएका छन् जसको प्रचार पनि कम र प्रभाव पनि कम भएका छन् । राजनैतिक दलले चुनावमा झण्डै असी प्रतिशत उपमेयरको पदमा महिलालाई उठाए कतै कतै मेयर भए तर पनि पुरुषलाई योग्य देख्ने मेयरमा महिलालाई दिन सकेनन् किन कि उनीहरूलाई लाग्दछ मेयर चलाउन अलि बढी बुद्धी चाहिन्छ । भारतमा बेचिएर अनेक पीडा भोगेर नेपाल फर्किएकी चरीमाया र सुनिता दनुवारको कति बुद्दि छ भन्ने कुरा यहाँका भाले बुद्धीजीबीलाई सुनिताको “आँसुको शक्ति” किताब पढ्न र चरीमायाले पाएको अन्तराष्ट्रिय पुरस्कार चिन्न आग्रह छ । बौद्धिक महिलाको कुरा आउँदा कपाल कनाएर नाम लिन्छन् किनकी एक पुरुषको नाम बाहेक दिमाखमा छैन अर्को महिला बौद्धिकको नाम लिँदा ग्लानी भएर हुन सक्छ ।
हाम्रो समाजले महिलालाई तर्क गर्ने ठाउँमा भन्दा लजालु भएर सबै स्वीकार गरिदिएको देख्न रुचाउँछन् अनि बल्ल सम्य र महिलाको असली पहिचान भएको ठान्दछ । जब नेपालमा एनजीओ र आईएनजीओ आए त्यसमा अलिकती महिला सहभागि गराए अनि सके सम्म सदस्यमै न पछि पछि उप जोडिएको ठाउँमा दिन थाले भने अहिले भने कोषाध्यक्ष भनेको महिलाकै लागी बनाईएको पद जस्तै छ । आर्थिक हिसाब किताबमा महिला भ्रष्ट हुन्नन् भनेर होला पनि तर सचिव र महासचिव दिनु भनेको अली बुद्धीको काम जस्तो भएकोले महिलालाई दिन नहुने सम्म भनेको सुनिन्छ । महिलालाई पुरुषसँग बहस र बिचारको गराउन चाहँदैनन् पनि । बहसमा हाईट मिल्दैन सम्म भन्ने सुनिन्छ । हाईटको अर्थ बौद्धिक रुपमा पुरुषलाई माथ गर्ने खासै छैनन भन्ने अझै भ्रम छ । आदर्शमा मदर टेरेसाको कथा बाचन गर्ने तर व्यवहारमा हिटलर जस्तै साहासिकको खोजी छ । अनुराधा कोईराला र पुष्पा बस्नेत स्तम्भ लेख्ने पुरुष बौद्दिक नभए पनि तिनमा रहेको ज्ञानले धेरै कथित बौद्दिकलाई चुनौती दिएको छ । महिला बौद्दिक देख्न आँफ्नो दोषी चश्माको शिशामा भरिएको धुलो पुछ्न जरुरी छ । जो सफा नगरे सम्म महिला आईमाई नै देखिरहन्छ तिनका आँखाले ।