बागलुङ, ४ भदौ – लेखक तथा समाजसेवी कर्ण शाक्यले विधिमा बाँधिएर विवेकको व्यवस्थापन गर्दा देशको विकास हुने बताएका छन् ।
सोच समुह बागलुङ, पर्वत, लमजुङ, पोखरा, काठमाण्डौँ तथा स्याङजाले शनिबार बागलुङ बजारमा संयुक्त आयोजना गरेको महामेलामा बोल्दै उनले संविधान बिहिन देशहरु विकसित रहेको दृष्टान्त प्रस्तुत गर्दै बिधिको उपयोगबाट हासिल गरेको आर्थिक समृद्धिलाई विश्लेषण गरी अगाडी बढ्नुपर्ने बताएका हुन । संरक्षण विद् एवं पर्यटन व्यवसायी समेत रहेका शाक्यले विवेकहिनताले नेपालीले आर्थिक उन्नती गर्न नसकेको भन्दै सरकारलाई मात्रै दोष दिएर समस्याको समाधान नहुने भनाई राखेका थिए ।
शाक्यले समस्यालाई वेवास्ता गरेर राम्रो हुन्छ भनी आशा राख्नु सकरात्मक सोच नभई दिनको सपना मात्र भएकाले सकरात्मक सोचलाई मुर्त रुप दिन समाजको अध्यारो पक्षलाई नियालेर हेर्नुपर्ने बताएका थिउ । सामाजिक परिवर्तनका लागि निर्वाह गर्नुपर्ने नागरिक कर्तव्य, विधिको शासन र सकारात्मक सोचबारे प्रस्टयाउँदै जिवनको मुल्याङकन लम्बाईबाट नभई गहिराईबाट गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा सांसद अर्जुनप्रसाद जोशी, नेपाल जेसिजका पुर्व अध्यक्ष राजेन्द्रबहादुर श्रेष्ठ, गोदावरी रेशीडेण्टल स्कुलका प्रिन्सिपल जोश निरौला, जिल्ला समन्वय समिति बागलुङका सभापति राजेन्द्र ढुंगाना, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, पर्वत जिल्ला फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, गण्डकी बोडिङ स्कुल पोखराका प्रिन्सिपल रबिप्रसाद बराल, मदरल्याण्ड माध्यामिक विद्यालय पोखराका संस्थापक निर्देशक त्रिभुवन शर्मा बराल लगायतले सकरात्मक सोचको बिकास गरी समाज रुपान्तरण गर्नुपर्ने बताएका थिए ।
सोच समुह बागलुङका संयोजक सुवास केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सोच समुह मदरल्याण्ड पोखराका कञ्चन पाण्डे, धन्यवाद मन्तव्य गुप्तेश्वर बहुमुखी क्याम्पसका प्रमुख रामजीप्रसाद सुवेदी र संचालन सोच समुह बागलुङका शिव केसी र पर्वतका अन्तिम गुरुङले गरेका थिए ।
कार्यक्रममा बागलुङका १७ वटा विद्यालयका झण्डै ११ सय विद्यार्थी एवं विभिन्न संघ संस्था क्लबका गरी १३ सय जनाको सहभागीता रहेको थियो ।
Previous Articleप्रगति सहकारीद्वारा व्यवसायलाई युवा स्वरोजगारको व्याज फिर्ता
Next Article ‘यातायात क्षेत्रका समस्या समाधानमा सहयोग गर्छु’