बागलुङ, ४ भदौ – धौलागिरी अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिको १९ औँ वार्षिक साधारण सभा तथा १० औँ अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका सभापति राजेन्द्र ढुंगानाले यातायात क्षेत्रमा भएको समस्या समाधान गर्नको लागि आफुहरुले सक्दो पहल गर्ने बताएका छन् । यातायात क्षेत्रमा भएको समस्या समाधानको लागि जनप्रतिनिधि, यातायात व्यवसायी र सुरक्षाकर्मीहरु बिच समन्वय गरेर अगाडी बढ्नुपर्ने भनाई राखेका थिए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले राज्यलाई सबैभन्दा धेरै र दोहोरो कर बुझाउनेमा यातायात व्यवसायी भए पनि राज्यले व्यवसायी माथि अभद्र व्यवहार गरेको उनीहरुको बताएका थिए । यस्तै प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङले राज्यले अख्तियार गरेको नीति कार्यान्वयन गर्ने दायित्व सबैको भएको बताउँदै खापुङ्गले यातायात व्यवसायीले गल्ति गर्दा उनीहरु पनि कानुन भन्दा माथि नहुने भन्दै गल्तिको भागिदार सबै बन्नु पर्नेमा जोड दिए । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका क्षेत्रिय संयोजक धर्मराज अधिकारी, प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङ, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केशवप्रसाद अधिकारी, पृथ्वी राजमार्ग बस व्यवसायी समितिका अध्यक्ष यमकुमार शाही, योगेन्द्र केसी, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, धौलागिरि अञ्चल यातायात बस व्यवसायी समितिका सदस्य कुलराज गुरुङ, सल्लाहकार शिव प्रसाद सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए । धवलागिरी अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव उमेश केसीले गरेका थिए । यस्तै समितिको नयाँ कार्यसमिति आईतबारसम्म चयन गरिने बताईएको छ । अध्यक्षको लागि महासचिव उमेश केसी र पूर्व अध्यक्ष रामबहादुर खड्का आकांक्षीको रुपमा देखिएका छन् ।
Previous Articleसोच समुहको महामेला बागलुङमा
Next Article आज कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन