बागलुङ, ३ भाद्र – कानुनमा व्यवस्था भएको सुचना पाउने संवैधानिक तथा मौलिक हक स्थापित गर्नका लागि सबै जिम्मेबार बन्नुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजना, जिल्ला समन्वय समिति, बागलुङ नगरपालिकाको कार्यालय र नेपाल पत्रकार महासंघको समन्वयमा १० औँ राष्ट्रिय सुचना दिवसको अवसरमा गरिएको प्रभातफेरी तथा अन्तरक्र्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । ‘सुचना पाउने हाम्रो अधिकार, नपाएमा खोजौँ उपचार’ भन्ने नाराका साथ सञ्चालन गरिएको कार्यक्रममा उनीहरुले सञ्चार माध्यम संगै आम नागरिकलाई पनि सुचना पाउने अधिकार भएकाले माग गर्न अग्रसर रहनुपर्ने बताएका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी धुर्व गिरिले जवाफदेहिता र पारदर्शिताका साथ सुचना सम्प्रेशण गर्नुपर्ने भन्दै सुशासन कायम गर्न सबै एकताबद्ध हुनुपर्ने बताए । स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले राज्यका सेवा, सुविधा एवं पाउनपर्ने अधिकारका बिषयमा जानकारी गराउने कर्तव्य सार्वजनिक पदमा बहाल कर्मचारीको भएको धारणा राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष, निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी घनश्याम सापकोटाले गरेका थिए । साथै दिवसको अवसरमा शुक्रबार बिहान बजारका विभिन्न भागको परिक्रमा गरि अन्तरक्र्रियाको आयोजना गरिएको थियो ।
Previous Articleराहत रकम हस्तान्तरण
Next Article जिल्ला अदालतमा लक्ष्य बढि मुद्धा फर्छौट