बागलुङ, ३ भाद्र – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन बागलुङले तराईका बाढि तथा पहिरो प्रभाबितहरुका लागी संकलन गरेका राहत शुक्रबार केन्द्रिय कमिटिको नेतृत्वमा हस्तान्तरण गरेको छ । अविरल बर्षासंगै आएको बाढी र पहिरोले देशका बिभिन्न स्थानमा जनधनको क्षती भएपछि पिडितहरुको राहतका लागि केन्द्रिय कार्यक्रम अन्तरगत बागलुङमा राहत संकलन अभियान संचालन गरिएको थियो । सदरमुकाम बागलुङ बजारमा नगद तथा जिन्सी संकलन अभियानबाट संकलन भएको ८२ हजार ८ सय ३० रुपैयाँ मा १ सय ७० रुपैयाँ थप गरि जम्मा ८३ हजार रुपैयाँ केन्द्रिय समितिको खातामा जम्मा गरिदिएपछि समितिले शुक्रबार बाढि पीडितहरुलाई हस्तान्तरण गरेको संगठनका जिल्ला सचिव शिव शर्माले जानकारी दिए । उक्त रकम केन्द्रिय कमिटिकी अध्यक्ष नविना लामाको संयोजकत्वमा सिराहाका बाढि पीडितहरुलाई राहत रकम र सामाग्रि वितरण गरिएको जिल्ला कमिटीले जनाएको छ । जिल्ला समितिका अध्यक्ष शेखर खड्काको नेतृत्वमा जिल्ला समितिका पदाधिकारी र सदस्यहरुको सक्रियतामा राहत संकलन गरिएको थियो