म्याग्दी, ३ भाद्र – बेनी अस्पतालमा नयाँ एम्बुलेन्सले सेवा सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयबाट अनुदानमा प्राप्त एम्बुलेन्स सेवाको शुक्रबार एक कार्यक्रमका विच पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाका प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेलले रिवन काटेर नयाँ एम्बुलेन्सको औपचारिक रुपमा सेवा शुभारम्भ गरेका थिए । उनले जिल्ला अस्पतालमा बेनी अस्पतालको सेवाबाट मन्त्रालयमा समेत निकै चर्चा हुने गरेको बताए । उनले जिल्ला अस्पतालमा म्याग्दी उत्कृष्ट भित्र पर्ने भएकाले पनि थप प्रोत्साहनका लागि मन्त्रालयबाट समय समयमा उपकरणहरु प ठाउने गरेको बताए । सोही अवसरमा बेनी अस्पतालका अध्यक्ष माधव प्रसाद रेग्मीले अपेक्षा गरे अनुसार एम्बुसेन्स सेवा सञ्चालन हुन नसकेको बताए । उनले नयाँ एम्बुलेन्सलाई निर्दे्शिका अनुसार सञ्चालन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । तीन बर्गका एम्बुलेन्स मध्ये बेनी अस्पतालको एम्बुलेन्स ‘ग’ बर्गको हो । एम्बुलेन्समा प्राथमिक उपचारका साधन, अक्सिजन सिलिन्डर, औषधी तथा उपकरण लगाएतका सुविधाको ब्यवस्था रहेको छ । बेनी अस्पतालकी निमित्त प्रमुख डा. अम्बिालिका शाक्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालनस्टोर इन्र्चाज लिलानाथ पौडेल गरेका थिए । कार्यक्रममा क्लिनिकल प्रमुख डा. धिरेन मल्ल, म्याग्दी अस्पतालका पुर्व प्रमुख रामजी प्रसाद सुबेदी, लगाएतका चिकित्सक र स्वास्थ्यकर्मीको उपस्थिती रहेको थियो । जिल्लाभित्र रहेका एम्बुलेन्स एकद्धार प्रणालीबाट सञ्चालन हुन नसक्दा विरामीले समयमै सेवा पाउन नसकेको गुनासो गरिएको थियो ।