बागलुङ, २ भाद्र – राष्ट्रिय जनमोर्चा बागलुङले ढोरपाटन नगरपालिकामा बिहिबार भेला सम्पन्न गरेको छ । जनमोर्चाले संगठन सुदृढिकरण गर्ने उद्धेश्यले भेला गरेको हो । भेलामा राष्ट्रिय जनमोर्चाका महासचिब जनकराज शर्माले संगठन, जनमोर्चाले उठाउँदै आएको मुद्धा, राष्ट्रियताको सवाल लगायतका विषयमा सहजिकरण गरेका थिए । जिल्ला सदस्य गौरीश्वर पाण्डे र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैँठौ)का महासचिव भिमलाल पोख्रेलले नेपाल रहे मात्र नेपाली रहने भन्दै संघीयताले नेपाललाई झनै कमजोर बनाएको बताएका थिए । उनीहरुले संघीयताको नाममा नागरिकमाथि अनावश्यक कर थोपरेर राज्य बिलासितामा फस्दै गएको भन्दै त्यही चरित्रले नै संघीयतालाई खारेज गर्ने विश्वास व्यक्त गरेका थिए । भेलाले ढोरपाटन नगरपालिका वडा न. १ बुर्तिवाङमा दलबहादुर भण्डारीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय जनमोर्चा वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा केशकुमारी बुढा, सचिवमानिर बहादुर बिक, कोषाध्यक्षमा शान्ती बुढाथोकी, सह–सचिवमा धनकुमारी पुन रहेका छन् । त्यस्तै, सदस्यहरुमा भिमलाल पाण्डे, दुर्गा सुचीकार, बोमबहादुर सुनार, केशवराज पाण्डे, उर्मिला सुनार र ओमबहादुर घर्ती रहेका छन् । कार्यक्रममा धनबहादुर ‘कुमार’ बुढाथोकीले निर्वाचित जनमोर्चा वडा समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिएभने नवचिर्वाचित वडा अध्यक्ष दलबहादुर भण्डारीले पदमा रहुन्जेल र पदबाट बाहिर हुँदा पनि पार्टी र जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाएका थिए । राष्ट्रिय जनमोर्चाका दुर्गा देवीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तिलक बुढाले गरेका थिए ।
Previous Articleम्याग्दीका ३३ जनालाई अपाङ्गता परिचयपत्र वितरण
Next Article भारतसंग आँखा जुधाएर कुरा गरौंः थापा