म्याग्दी, २ भाद्र – नेकपा–माओवादी म्याग्दीले तीन महिने अभियान सुरू गरेको छ । नेकपा माओवादीका पश्चिम कमाण्ड इन्र्जाज सन्तोष बुढामगरको प्रमुख आथित्यतामा म्याग्दीको सदरमुकाम बेनीमा भएको राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा संगठन विस्तार, पार्टीको विचारलाई जनताको घरदैलोमा, चुनाव खारेजलाई आधार बनाएर अभियान सञ्चालन गरिने म्याग्दी जिल्ला इन्र्चाज गमबहादुर श्रीषले बताए । ‘अभियान सुरु हुन्छ, हामीले एजेण्डा जनतालाई बुझाउने गरी अगाडी बढ्नेछौ’ उनले भने । स्थानीय तहको निर्वाचन जस्तै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन समेत खारेज गर्ने अभियान सुुरु गरिने बताए । उनले विदेशीको इसारमा चलेको सरकारले नेपालको तराई मधेष डुवानमा पर्दा समेत भारत सरकारलाई अनुरोध गरेर लम्पसरा परेकाले जनतालाई विदेशीको हितमा काम गर्नेहरुबाट आसा नगर्न अनुरोध गदैं अभियानलाई सहर देखी गाउँसम्म पुर्याउने बताए । प्रशिक्षण कार्यक्रममा बागलुङ, म्याग्दी र मुस्ताङका ५० को सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रमको अध्यक्षता धौलागिरि इन्र्चाज धुव्र घिमिरे विप्लव, बागलुङ इन्र्चाज विकिरणको स्वागत र म्याग्दी इन्र्चाज गम बहादुर श्रीषले सञ्चालन गरेका थिए । प्रशिक्षणमा दलित मुक्ति मोर्चा नेपालका अध्यक्ष डम्बर विक लगाएतको उपस्थिती रहेको थियो ।
Previous Articleपुल निर्माण नसकिदै सवारी संचालन
Next Article म्याग्दीका ३३ जनालाई अपाङ्गता परिचयपत्र वितरण