बागलुङ, २ भाद्र – मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ–बुर्तिबाङ सडक खण्ड अन्र्तगतको बडीगाड गाउँपालिका ग्वालीचौर न्वार लब्दीखोलाको मोटरेबल पुल निर्माण सम्पन्न भै नसक्दै सवारी साधनहरु वारपार गर्न थालेका छन् । मध्ये वर्षात्को समय भएको र लब्दीखोलामा बाढी आएकोले अर्को बैकल्पिक उपाय नभएपछि उक्त निर्माणाधिन पुलबाट सवारी साधन चलाउन थालेको सवारी चालक र स्थानीयले बताएका छन् । निर्माणाधीन पुलको न्वारतिरको खण्डमा पुल ढलान गर्ने काम बाँकी रहँदै सवारी साधनहरु सन्चालनमा आएपछि पुल कमजोर हुने स्थानीयले आशंका व्यक्त गरेका छन् । ‘खोलामा गाडी हाल्नु पर्ने समस्याबाट पार त मिल्यो, तर पुल कच्ची हुने संभावना भने रह्यो’ स्थानीयले बताए । मध्यपहाडी लोकमार्गको मुख्य अबरोध बनेको लब्दीखोलाको निर्माणाधीन मोटरेबल पुल निर्माण सम्पन्न भएपछि यात्रुहरुको दुःख हरण हुने विश्वासमा रहेकाहरु पुल सम्पन्न नहुँदै ठूला–साना सावारी साधनहरु सन्चालनमा ल्याउँदा कुनै अकल्पनीय घटना हुने हो कि भन्ने सन्त्रासमा देखिन्छन् । पुलको प्राविधिक जाँच गरेपछि मात्र सवारी साधन सन्चालनमा ल्याउनुपर्ने स्थानीयको माग रहेको छ । बुर्तिबाङदेखि बागलुङ,पोखरा, काठमाडौ, गुल्मी बुटवल र त्यहाँबाट बुर्तिवाङलाई छुट्ने सवारी साधनहरु वर्षात्मा लब्दीखोलामा आएर खोला पारी रहेको अर्को सवारी साधन परिवर्तन गरी गन्तव्यमा जानु पर्दा यात्रुहरुलाई निकै सास्ती खेप्नु परेको छ । पुलबाट सिधै सवारी साधनहरु वारपार गरेपछी झन्झट र सास्तीबाट यात्रुहरुले मुक्ति पाएको अनुभूति त गरे तर प्राविधिकले निरीक्षण गरेर सन्चालनको अनुमति लिएरमात्र पुलबाट सवारी साधनहरु वारपार गर्नुपर्छ । मध्यपहाडी लोकमार्गमा रहेका नरेठाँटी गौदी खोला र हटिया दरमखोलाको मोटरेबल पुल पनि समयमा निर्माण सम्पन्न नहुनाले यात्रुहरुले वर्षा याममा निकै सास्ती झेल्दै आएका थिए ।
Previous Article३० साउन २०७४, ढोरपाटन दैनिक
Next Article माओवादी म्याग्दीको ३ महिने अभियान शुरु