बागलुङ, २४ साउन – महिला सहकारिको ऐक्यबद्दता, सहकारीको अपरिहार्यता, भन्ने मुल नाराको साथ महिला सहकारी जिल्ला समन्वय समिति बागलुङ को पहिलो भेला तथा साधारणसभा जिल्लाभरिका महिला सहकारीकर्मीको सहभागितामा सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं महिला विकास अधिकारी डिलकुमारी शर्माले महिलाको आर्थिक सामाजिक शक्ति कमजोर भएकोले ऐक्यबद्वता अपरिहार्य भएकोले महिलाको साझा सहकारी समन्वय समितिलाई आवश्यक सहयोग गर्ने बताईन । सो अवसरमा डिभिजनल सहकारि कार्यालयको सूचना अधिकृत होमनाथ सुबेदीले सहकारी कार्यलय र सहकारीहरु नङ, मासुको सम्बन्ध भएकाले समन्वय, नीतिगत सहकार्य र नयां ऐन तथा कर प्रणालि स्थानिय निकाय बाट हुने प्राबधानबारे सजक भई कार्य सम्पादन गर्न आग्रह गरे । कार्यक्रममा अधिकारर्मी सिताराम थापा, महिला अधिकारकर्मी सकुन्तला शर्मा, सल्लाहाकार प्रमिला राजभण्डारी, ईन्द्र श्रेष्ठ, बुर्तिवाङबाट लिलमाया पुन, कुश्मिशेराबाट खिमा थापा, गल्कोटबाट भगवती मल्लले बोलेका थिए । नवगठित कार्यकारी समितिमा अध्यक्ष लिला खड्का, उपाध्यक्ष, प्रमिला राजभणडारी, टसचिब, ज्ञानु थापा मगर, सहसचिब, शशी किरण श्रेष्ठ, कोषाध्यक्ष, मिमला जिसी, सदस्यहरु, डिलमाया पौबि, पबित्रा बुढाथोकी, यमुना ढकाल, खिमा थापा, भगवती मल्ल, खिमा श्रीस रहेका छन् । महिला सहकारी समन्वय समितिका अध्यक्ष लिलादेबि खड्काको अध्यक्षता, शशी श्रेष्ठको स्वागत, शान्ति ज्ञावलीले भेफाको उद्देश्य र सचिब ज्ञानु थापामगरले संचालन गरेकी थिइन् ।