बागलुङ, २४ साउन – सदरमुकामको बाङ्गेचौरमा शुक्रबारदेखि सुरु भएको अन्तर स्कुल स्तरिय कोलाकोला कप फुटबलमा आदर्श विद्यामन्दिर र सिदार्थ शिक्षा सदन सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको पहिलो खेलमा आर्दश विद्यामन्दिर माविले युएस एकेडेमीलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आदर्श विद्यामन्दिरको जितको लागि प्रकाश घर्तिमगर र छितिज आचार्यले गोल गरेका थिए । यस्तै दोस्रो खेलमा सिदार्थ शिक्षा सदनले विद्यामन्दिर माध्यमिक विद्यालयलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्णयक पेनाल्टी मार्फत भएको थियो । पेनाल्टीमा सिदार्थले विद्यामन्दिरलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिता अन्तरगत मंगलबार पहिलो सेमिफाइनल चिल्ड्रेन लाईफ बोडिङ्ग स्कुल विरुद्ध फ्युचर ब्राईटर मावि र दोस्रो सेमिफाइनल आदर्श विद्यामन्दिर मावि विरुद्ध सिदार्थ शिक्षा सदन विच हुने जिल्ला फुटबल संघका महासचिव जय राजभण्डारीले जानकारी दिए । प्रतियोगिताको विजेता र उपविजेताले क्रमसः १० र ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै विजेता टिमले साउन २९ गतेदेखि पोखरामा हुने क्षेत्रीय स्कुल स्तरीय कोकाकोला कप फुटबलमा सहभागिता जनाउने छ । बुधबार फाइनल खेल हुने प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहेको थियो ।
Previous Articleगाउँपालिकाको केन्द्र तोक्न छलफल
Next Article जिल्ला समन्वय समितिको भेला