बागलुङ, २३ साउन – वर्षासँगै भत्किएको दुदिलाभाटी लेखानी सडकको मर्मत भएको छ । नेपाली सेनाले सडक मर्मत गरेको हो । बर्षातको समयमा परेको पानीले जंगल क्षेत्र, सेतिचौर, लेखानी गाउक्षेत्रमा पानीले सडक बिगारेको थियो । सेनाले दुदिलाभाटीको चौराहदेखि काठेखोला गाउपालिकाको कार्यालयसम्मको मोटरबाटो मर्मत गरेको हो । मर्मत अभियानमा बिहुँ घोडाबाधेका करिब ३५ जना सेनाले ४ दिनसम्म जनश्रमदान गरेका थिए । स्थानिय र सेनाको टोलीले मोटरबाटोको भल काट्ने, पहिरो ब्यवस्थापन गर्ने, झाडी सरसफाई लगायतका कार्य गरेको क्याटेन चन्द्र उप्रेतीले बताए । उनका अनुसार, मोटरबाटो मर्मत भएसँगै गाडी आवतजावत र स्थानियलाई समेत पैदल यात्राका लागी सहजता भएको छ ।
Previous Articleराप्रपा फुट्यो, राणाले गठन गरे नयाँ पार्टी
Next Article बेनीबाटै पेन्सन भूपु सैनिकलाई पेन्सन