म्याग्दी, २३ साउन – भूतपूर्व सैनिक कल्याणकारी सेवाकेन्द्र म्याग्दी बेनीको आयोजनामा आइतबार सदरमुकाममा भेटघाट, स्वागत तथा अन्तत्र्रिया कार्यक्रम सम्पन्न भएको छ । भारतीय राजदूतावासका वेलफेयर अफिसर मेजर एसबी मुन्नोलीको विशेष उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो । सोही अवसरमा मेजर मुन्नोलीले प्रस्तावित जिल्ला सैनिक बोर्ड कार्यालय निर्माणका लागि खरिद गरिएको ६ रोपनी जग्गाको निरीक्षण गरेका छन् । उनले अस्थायी रुपमा भारतीय पेन्सन क्याम्पको कार्यालय सञ्चालनार्थ प्राइभेट भवन एवं उपयुक्त वातावरण सुरक्षा तथा मानिस बस्ने आदीबारे जानकारी समेत लिइएको बताइएको छ । साथै पेन्सनहरु र तिनका परिवारहरुले पाउने सेवासुविधाको बारेमा पनि जानकारी गराउँदै उनले आगामी सेप्टेम्बर महिनासम्म कार्यालय अस्थायी रुपमा स्थापना गरी सिजनल पेन्सन वितरणको कार्य बेनीबाटै हुने सम्भावना रहेको बताएका थिए । कार्यक्रमको अवसरमा गएको बैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको चुनावबाट अल्पसंख्यक जातितर्फ धौलागिरि गाउँ कार्यपालिका सदस्य र मालिका–७ विमको वडा सदस्यमा निर्वा्चित भूपू सैनिकद्वय देउप्रसाद छन्त्याल र बुद्धिबहादुर जुग्जालीलाई सम्मान गरिएको थियो । कार्यक्रम भूतपूर्व सैनिक कल्याणकारी सेवाकेन्द्रका अध्यक्ष क्याप्टेन मिनबहादुर कार्कीको अध्यक्षता, महासचिव देउप्रसाद छन्त्यालको स्वागत र सदस्य खुमबहादुर बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleसेनाद्वारा सडक मर्मत
Next Article नेपाललाई सिंगापुर बनाउने कि झिँगापुर ?