बागलुङ, २२ साउन – जिल्ला समन्वय समितिमा निर्वाचित सभापति, उपसभापति लगायत पदाधिकारीहरुलाई नेकपा एमाले बागलुङले शनिबार बधाई तथा सम्मान गरेको छ । बागलुङमा बिहिबार सम्पन निर्वाचनमा –बाम–राप्रपाको प्यानबाट जिल्लाको प्रमुखमा राष्ट्रिय जनमोर्चाको केन्द्रीय सदस्य समेत रहुनभएका राजेन्द्र ढुंगाना र उपप्रमुखमा नेकपा एमाले बागलुङका उपसचिव विष्णु भुषाल विजयी भएका थिए । त्यस्तै समितिको सदस्यहरुमा तारा कुमारी पुन, रुपा विक, फुलमाया पुन, राजेन्द्र केसि,डिल्लीप्रसाद आचार्य, दलबहादुर थापा, झकप्रसाद विक विजयी भएका थिए । कार्यक्रममा बोल्दै नवनिर्वाचित जिल्ला सभापति राजेन्द्र ढंगानाले लामो समयको पर्खाइवाट प्राप्त गणतन्त्र र लोकतन्त्रलाई संस्थागत गर्दै संविधानलाई कार्यान्वयन गर्नका लागि जनताको समस्या समधान गर्नका लागि भुमिका निर्वाह गर्ने बताए । ढुंगानाले विना कसुर जिल्लाका हरेक क्षेत्रकाको बिकास र सम्मृद्धिका लागि जनताको भावनालाई बुझ् िअगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सोही अवसरमा नेकपा एमाले बैकल्पिक केन्द्रिय सदस्य मनकुमारी केसीले निर्वाचित हुने कुरा भन्दा अव जनताको भावना र आवश्यकतालाई ध्यानमा राखी जिल्लाका आर्थिक, भौतिक विकास निर्माणका कार्यमा लाग्न आग्रह गरेकी थिइन । कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपसभापति विष्णुप्रसाद भुषालले बोलेका थिए । नेकपा एमालेका अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन सचिव लाल बहादुर थापाले गरेका थिए ।
Previous Articleअन्तरक्रिया कार्यक्रम सकियो
Next Article माओवादी केन्द्र नगरको अधिवेशन