बागलुङ, २२ साउन – नेकपा माओबादी केन्द्रका केन्द्रिय पोलिट्ब्युरो सदस्य एबं जिल्ला सह–इन्चार्ज फमलाल निउरेले पार्टीभित्र मौलाउदै गएको गुटउपगुट अनुशासनहिन गतिबिधीले गर्दा नेकपा माओबादी केन्द्र जिल्लामा कमजोर बनेको बताएका छन् । नेकपा माओबादी केन्द्र नगर सम्मेलन समिति बागलुङको प्रथम जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले माओबादी केन्द्रलाई बलियो बनाउनका लागि पार्टी भित्रका अराजक गतिबिधी र निहित स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिए । पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही नहुनु एबं बिभिन्न गुट उपगुट र केही ब्यक्तिका निहित स्वार्थले गर्दा समग्र पार्टीपंक्ति कमजोर बन्दै गएको उल्लेख गर्दै उनले भने– ‘पार्टी भित्रका नेता एबं कार्यकर्ताको कार्यशैली र ब्यवहारमा परिवर्तन हुन जरुरी छ ।’ निउरेंले पार्टीलाई थप उचाईमा पु¥याउनका लागि निती कार्यक्रम र बिचारलाई जनताको बिचमा पु¥याउनुपर्ने बताए । अर्का पोलिट्ब्युरो सदस्य एबं जिल्ला संयोजक चन्द्रबहादुर बुढा सागरले माओबादी केन्द्र पार्टी एकताको अभियानमा भएको बताए । सबै बर्ग र समुदायसम्म पार्टीका नीति कार्यक्रम र एजेण्डालाई जनता माझ बुझाउन नसक्दा स्थानिय तह निर्वाचनमा पार्टी कमजोर देखिएको उनले स्वीकार गरे । सो अवसरमा नेकपमा माओबादी केन्द्रका सल्लाहाकार लालचन्द्र राजभण्डारी, नेपाल मगर मुक्तिमोर्चाका केन्द्रिय सदस्य चिनीमाया काला मगर र सहिद परिबारका गौरीशंकर बिक लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा लामो समयदेखी कम्युनिष्ट आन्दोलनमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै पार्टीका जिल्ला सल्लाहकार हरिहर श्रेष्ठ, लालचन्द्र राजभण्डारी र कृष्णदक्त पन्त लगायतलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । त्यसैगरी जिल्लास्थित बेपत्ता एबं सहिद परिबार र स्थानिय तह निर्वाचमा निर्वाचित बागलुङ नगरपालिका अन्र्तगतका सदस्य लगायतलाई पार्टीले सम्मान गरेको थियो । कार्यक्रम नेकपा माओबादी केन्द्र जिल्ला संयोजक कुमार बिक्रम क्षेत्रीको अध्यक्षता, सदस्य मोहम्मद अजिजको स्वागत मन्तब्य र सचिव राम बहादुर बिकको संचालनमा कार्यक्रमको उद्घाटन सत्रको समापन भएको थियो । अधिवेशनले कुमार विक्रम क्षेत्रीको अध्यक्षतमा नेकपा माओवादी केन्द्र नगर समिति गठन गरेको छ ।