बागलुङ, २२ साउन – करदाता सेवा कार्यालय बागलुङ, गलकोट नगरपालिका र बागलुङ उद्योग वाणिज्य संघ गलकोट इकाईबीच शनिबार हटियामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गलकोट नगरपालिका नगरप्रमुख भरत शर्मा गैरेले सबैको सल्लाह र सुझावलाई मनन् गर्दै जाने र अनिवार्य रुपमा कर सबैले तिनुपर्ने भएको बताए । कार्यक्रमा करदाता सेवा कार्यालय बागलुङका अधिकृत सुर्यप्रसाद चापगाईले कर सम्बन्धि नियमहरुको बारेमा स्पष्ट पार्दै राज्य संचालन गर्ने प्रमुख माध्यम नै कर भएको हुदाँ व्यक्तिले आफ्नो सुरक्षाका लागि पनि अनिवार्य कर तिनुपर्ने बताए । कार्यक्रममा मुल्य अभिवृद्धि कर, अन्तशुल्क कर, शिक्षा सेवा शुल्क, स्वास्थ्य सेवा शुल्क र आयकरको बारेमा जानकारी गराइएको थियो । त्यस्तै गलकोट नगरपालिकाका कार्यकारी अधिकृत प्रदिपचन्द सुवेदीले व्यवसायीहरुले उठाएका विभिन्न जिज्ञासाको बारेमा जानकारी र गलकोट नगरपालिकाले लिने करको बारेमा जानकारी गराएका थिए । अहिले गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७४ र ७५ मा ११ ओटा शिर्षकमा कर उठाउने लक्ष्य लिएको समेत उनले बताए । कार्यक्रममा गलकोट क्षेत्रमा विभिन्न व्यवसाय गर्दै आएका व्यसायीहरुले आ– आफ्नो जिज्ञासा राखेका थिए । कार्यक्रम उद्योग वाणिज्य संघ गलकोट इकाईका अध्यक्ष वीरेन्द्र क्षेष्ठको अध्यक्षता, प्रथम उपाध्यक्ष ढालिन्द्र प्रसाद गौतमको स्वागत र महासचिव हेमन्त भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleतेस्रो एभरग्रिन कप क्याम्पसचोकलाई
Next Article जिससका पदाधिकारीलाई एमालेको स्वागत