बागलुङ, १७ साउन – बागलुङ नगरपालिका वडा नम्बर ३ न्वाराका २० वर्षिय सन्तोष किसानको उपचारमा सहयोग गर्न परिवार र आफन्तहरुले सार्वजनिक रुपमा अपिल गरेका छन् । दुवै मिर्गौला खराबी भएपछि उपचार गराई रहेका किसानको खर्च अभाव भएपछि परिवार तथा आफन्तहरुले उपचारमा सहयोग गर्दिनको लागि सोमबार बागलुङमा पत्रकारसम्मेलन गरी आग्रह गरेका हुन् । ३ वर्ष अगाडी एउटा मिर्गौला खराबी भएपनि ७ महिना अगाडीदेखि दुवै मिर्गौला फेल भएको थाहा पाएपछि हाल विर अस्पताल काठमाडौंमा उपचार गराईरहेका किसानलाई मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएको हो । उनलाई उनका बाबु वा आमाले मिर्गौला दिनचाहेता पनि रकम अभावले गर्दा प्रत्यारोपण गर्न नसकिएको घरपरिवारले जानकारी दिएको छ । हालसम्म उपचारमा १२ लाख खर्च भैसक्यो किसानकी आमा ममिता किसानले भनिन्–‘आफ्नो रहेको २ रोपनी खेल पनि बन्दानकी राखेर उपचार गराईरहेका छौं । भएको रकम सकिएर ऋण गरेर उपचार गराएपनि अझै २८ लाख खर्च लाग्ने भएकाले सवैलाई सहोग गर्नको लागि आग्रह गर्दछु ।’ किसान परिवारले उपचारको लागि २ वटा २ रोपनी खेत ३० हजार र ४० हजारमा बन्दकी दिएर उपचार गराएको बताएका छन् । उपचारमा भएको सवै पैसा खर्चभएपछि किसान हाल घरमा रहि दिनमा ३ पटक पाईपबाट मिर्गौलाको उपचार गराईरहेका छन् । अब काठमाडौं लैजाने पैसा समेत छैन आमा ममिता किसानले भनीन ऋण दिने जति सवैकोबाट ऋण लिईसकेकोले अव सर्वजनिक रुपमै सहयोग गरिदिनको लागि अनुरोध गर्दछौं । ‘आफ्नो छोराले केही गर्छकी भन्नेबेलामा यस्तो भयो’ किसानले भनीन्– ‘हामी बाबु आमामा १ जनाले मिर्गौला दिन चाहन्छौं तर पैसा अभाव रहेकाले सवैले सहयोग गरिदिनुहोस् ।’ पत्रकार सम्मेलनमा उनीहरुले सहयोग गर्नको लागि मोबाईल नम्बर ९८४७६५४६२६ मा सम्पर्क गर्नको अनुरोध गरेका छन् । पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनको संचालन पत्रकार प्रदिप पन्तले गरेका थिए ।
Previous Articleबाँच्नैका लागि मृगौला बेच्न नपरोस्
Next Article ५० विद्यार्थीले पढाई किन छाडे ?