बगलुङ, १२ साउन-त्रिवि कर्मचारी संघ धौलागिरी बहुमुखी क्याम्पसको ११ औ अधिवेसनले शिवप्रसाद पाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बुधवार सम्पन्न अधिवेसनले उपाध्यक्षमा भूपाल चालिसे, सचिवमा होमबहादुर थापा, कोषाध्यक्षमा संगीता शर्मा, निर्वाचित भए । त्यस्तै सदस्यमा मोतीकला शर्मा, विन्दु शर्मा र सूर्यमान शाक्य चयन भएको निर्वाचन समितिका संयोजक ओमप्रकाश शर्माले जानकारी दिए । तीन दिन अघि भएको उद्घाटन कार्यक्रम पनि कांग्रेस निकट लोकतान्त्रिक समूह र एमाले तथा माओवादी निकट प्रगतीशिल समूहको प्यानल निर्वाचनमा गएको थियो । निर्वाचनबाट प्रगतिशिल समूहले जित हासिल गरेको हो । लोकतान्त्रिक समूहले शिवराज पन्तको नेतृत्वमा उमेदवारी दिएको थियो । धौलागिरी अञ्चलको एक मात्र आंगिक क्यामपसमा २७ जना कर्मचारी कार्यरत छन् ।