म्याग्दी, ११ साउन – आर्थिक बर्ष २०७३/०७४ मा म्याग्दीबाट विकास बजेट ६६ प्रतिशत खर्च भएको छ । जिल्लाका विभिन्न सरकारी कार्यालयमार्फत विकास निर्माण लगायतको कामको लागि पँुजीगततर्फ प्राप्त ६४ करोड २२ लाख ५४ हजार २६० रुपैयाँमध्ये जम्मा ४२ करोड ९० लाख १६ हजार १ सय १ रुपैँया मात्रै खर्च भएर २१ करोड ३२ लाख ३८ हजार १५६ रुपैया फ्रिज भएको छ । पुँजीगत तर्फको ३४ प्रतिशत खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीले जनाएको छ । पँुजीगत तर्फको खर्च आर्थिक बर्षको अन्तिम महिना असारमा मात्रै कुल बजेटको २१ प्रतिशत बजेट खर्च भएको छ । आर्थिक बर्षको ११ महिना २९ करोड ३७ लाख ८ हजार ८९९ रुपैयाँ खर्च भएको पुँजीगत बजेट असार महिनामा मात्रै १३ करोड ५३ लाख ७ हजार २०२ रुपँैया खर्च भएको कोष नियन्त्रक कार्यालयका प्रमुख छविन्द्र बेलबासेले जानकारी दिए । प्रमुख बेलबासेका अनुसार, निर्माण ब्यवसायी तथा उपभोक्ता समितिको लापरबाही र ढिलाई, पुर्वाधार निर्माणमा जनशतिmको अभावमा र वित्तिय ऐनबारे जानकारीको अभावमा, असारमात्र ठुलो बजेट खर्च गर्ने परिपाटी, विकास निर्माण अलपत्र पर्ने र लगानी गरि निर्माण गरिएका विकास कामहरु बर्खाको बाढीले बगाउने जस्ता कारणले बजेट दुरुपयोग बढेको हो । यो बर्ष निर्वाचन लगायतका कारणले विगतको बर्षहरुको तुलनामा केही बढी विकास बजेट फ्रिज हुन पुगेको कोलेनिकाले जनाएको छ । आर्थिक बर्ष २०७३÷७४ मा म्याग्दीमा आाएको कुल बजेटमध्ये कुल ६७ करोड चार लाख रुपैँया बजेट खर्च हुन नसकेको कोलेनिकाको तथ्याकंले देखाएको छ । जिल्लामा विकास निर्माणको क्षेत्रमा पुँजीगत तर्फ भित्रिएको बजेट मध्ये जिल्ला समन्वय समिति, बिकेन्द्रित ग्रामिण पूर्वाधार तथा जिविकोपार्जन आयोजना, सिचाई तथा सव– डिभिजन कार्यालयबाट ठुलो रकम फ्रिज भएको हो । जिससलाई पुँजीगत तर्फ छुट्टाछुट्टै गरि कुल २७ करोड ७७ लाख ५३ हजार २६० रुपैयाँ रहेकोमा १३ करोड ८९ लाख ८६ हजार खर्च भएको छ । विगेन्द्रित ग्रामिण पूर्वाधार तथा जिविकोपार्जन आयोजनाको दुई करोड ७५ लाख ९५ हजार र सिचाई सव डिभिजनको कार्यालयबाट १ करोड ६६ लाख ४० हजार खर्च हुन नसकेको कोलेनिकाले जनाएको छ । पुँजीगत र चालुतर्फ गरि जिल्लामा कुल तिन ३ खर्ब १९ करोड, ६७ लाख ३८ हजार ९४४ रुपैयाँ बजेटमध्ये जम्मा दुई अर्ब ५२ करोड ६३ लाख १४ हजार १५६ रुपैयाँ अर्थात ७९ प्रतिशत बजेट खर्च भएको छ । चालु बजेट २ अर्व ५५ करोड ४४ लाख ८४ हजार ६७४ रुपैया बजेटमध्ये २ अर्व ९ करोड, ७२ लाख ९८ हजार ५५ रुपैयाँ खर्च भएको छ । ४५ करोड ७१ लाख ८६ हजार ६२९ रुपैया बजेट फिर्ता भएको छ ।