डिल्लीप्रसाद गौतम
नेपाली काँग्रेसले प्रत्येक वर्ष श्रावण ६ गतेको दिनलाई विविध कार्यक्रमका साथ मनाउँदै आइरहेको छ । महामानव वि.पी. कोइरालाको सम्मानमा मनाइदै आएको श्रावण ६ लाई २०७४ सालमा पनि केन्द्रदेखि नगरहुँदै गाउँ–गाउँसम्म विविध कार्यक्रमका साथ मनाइएको छ । खास गरी वि.पी. कोइरालाको त्याग, योगदान र राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको लागि उहाँले पु¥याउनु भएको अहं भूमिकाको स्मरण स्वरुप उहाँको सम्मान र सम्मानमा श्रावण ६ लाई विविध कार्यक्रमका साथ मनाइदै आएको सन्दर्भमा पछिल्लो समयसम्म आईपुग्दा वर्षको १ पटक केवल उहाँको सम्मानमा वृक्षारोपण गर्ने, कुनै औपचारिक सभा गोष्ठी गर्ने, वि.पी.का गुनगान गाउने र मिठो भाषण अनि चिया वा चिसो पेय पदार्थको चुस्की लिने अनि कार्यक्रम बिसर्जन गर्ने परिपाटीले प्रश्रय पाएको पाइन्छ ।
खास गरी वि.पी. स्मृति दिवशको सान्दर्भिकता तबमात्र पुष्टि हुन्छ, जब वि.पी.ले देखाएको मार्ग चित्रअनुसार काँग्रेस पार्टी परिचालित हुन्छ । अहिले वि.पी.वाद खोक्रो आदर्श मात्र बन्न पुगेको आमनागरिकहरुको गुनासो छ । वि.पी.का आदर्श चरित्र र विचारलाई पैतालामुनी राखेर खाली वि.पी. मन्त्र खोक्रो आदर्श बोकेर काँग्रेस पार्टी अगाडी बढिरहेको छ । वि.पी.ले. भने जस्तै जब २०४६ को प्रजातान्त्रीक आन्दोलनहुँदै ०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनहुँदै देश पूर्ण रुपमा गणतन्त्रमा प्रवेश गरि रहँदा काँग्रेसका एका दुई नेताबाहेक वि.पी. वादलाई केवल सुगा रटान बनाएर कुर्चीमा पुग्ने भ¥याङ्गको रुपमा मात्र उपयोग गरिरहेका छन् । आम नागरिकहरु झ्नझ्न गरिबीको रेखामुनि परिरहँदा, देशका सम्पूर्ण युवा शक्ति रोजगारीको अभावमा विदेश पलायन भैरहँदा सरकारको नेतृत्वकर्ता वा पार्टीमा नेतृत्व गर्ने नेताहरु गाउँदेखि केन्द्रसम्म पद र कुर्चीको हानथाप, गुटबन्दी र भागबण्डामा लडाई गरिरहेका छन् । वि.पी.को आदर्शलाई थाती राखेर केवल व्यक्तिगत तथा गुटगत राजनीतिमा काँग्रेसका नेता कार्यकर्ताहरु तल्लिन छन् । वि.पी.को मन्त्र जपेर सत्ताको भ¥याङ चढ्न सफल नेताहरु अहिलेको अवस्थामा आइपुग्दा वि.पी.का आदर्शलाई पूर्ण रुपमा तिलाञ्जली दिएर व्यक्तिगत स्वार्थ, आश–पास र नातावाद–कृपावादमा केन्द्रीत राजनीति गरिरहेका छन् । वि.पी.ले भन्ने गरेको जब–जब देशमा लोकतन्त्र बहाल हुन्छ र सहज परिस्थिति आउँछ तब–तब पार्टीभित्र सुकिला–मुकिला र चिल्ला गाडी लिएर हिड्नेहरुको बोलबाला रहन्छ । नेताहरुले नीति र सिद्धान्त बिर्सेर व्यक्तिगत स्वार्थमा लिप्त हुँदा पार्टीमा सिधा–साधाहरु किनारा लाग्ने र पार्टी नै धरासयी हुने अवस्था आउने छ । यस्तो अवस्थामा पार्टीलाई दिगो र जिवन्त राख्नको लागि यिनै सिधा–साधा र सोझा इमान्दारहरुले पुनः एकपटक पार्टी विरुद्ध नै क्रान्ती गर्नुपर्ने छ । वि.पी.ले इङ्गीत गरेको त्यही बास्तविक अवस्था काँग्रेस पार्टीमा देखा परेको छ । वि.पी. पश्चात गणेशमान, कृष्णप्रसाद भट्टराई हुँदै गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालासम्म आउँदा दुई धारमा चलेको काँग्रेसको गुटगत राजनीति शेरबहादुर देउवाको सभापतित्वसम्म आईपुग्दा सम्पूर्ण जिल्लाभर नै तीन धार भएर मौलाईरहेको छ । सम्पूर्ण केन्द्रदेखि जिल्लाहुँदै गाउँ–गाउँ र वडासम्म त्रिपक्षिय भागवण्डाबाट पार्टी सञ्चालन भैरहेको छ । यसरी काँग्रेस पार्टी गुटगत राजनीतिबाट गुज्रिरहँदा वि.पी. कोइरालाको साथै काँग्रेस पार्टीको आदर्श सिद्धान्त र नीति नै संकटमा परेको छ ।
राष्ट्रियता, प्रजातन्त्र, समाजवाद जस्ता वि.पी.का आदर्शलाई केवल कमाउने र सरकार वा पदमा पुग्ने भ¥याङ्ग मात्र बनाइएको छ । कुनै योजना बनाउँदा गाउँमा बस्ने, हलो जोत्ने वा भारी बोक्ने भरीयाको छोरा फाटेको टोपी हेरेर योजना बनाउँदा गाउँमा बस्ने किसान, मजदुर र भरिया हैन उच्च घरानिय, उद्योगपति, भुमिपति र पुँजिपतिहरुलाई हेरेर बनाइन्छ । कर छुट दिँदा किसान, मजदुरलाई हैन व्यापारीक घरानिय, उद्योगपतिहरुलाई दिइन्छ । अनि काम गर्ने पुँजीपतिको पक्षमा र वकालत गर्ने समाजवाद व्यवस्था र गरिव, किसान र मजदुरका ? त्यसैले काँग्रेसको वि.पी.वाद अहिले अलमलमा परेको छ । काँग्रेसका नेता कार्यकर्ताहरु वि.पी. सिद्धान्त र आदर्श जपेर त्यसैको विरुद्धमा आफ्ना क्रियाकलापहरु सञ्चालन गरिरहेका छन् । वास्तवमा वि.पी.वाद पूर्ण रुपमा कार्यान्वयन गर्ने होभने हाम्रो देश १०÷१५ वर्षमा साँच्चिकै नमुना देश बन्न सक्छ । वि.पी.को कल्पना थियो हामीले पूर्ण रुपमा प्रजातन्त्र प्राप्ती पश्चात आर्थिक क्रान्ति गरि भोक, रोग र अशिक्षालाई परास्त गर्न सक्यौं भने र पूर्ण समाजवाद प्राप्त ग¥यौं भने मान्छे कोही पनि कम्प्युनिष्ट बन्नु पर्दैन । तर अहिले वरु कम्प्युनिष्टहरुले वि.पी.को आदर्श र निष्ठालाई अनुशरण गरिरहेका छन् तर वि.पी.का अनुयायी भन्नेहरु वि.पी.को आदर्शलाई तिलाञ्जली दिएर व्यक्तिगत स्वास्र्थमा लिप्त रहेका छन् । त्यसैले सच्चा काँग्रेस जो राष्ट्रियता, प्रजातन्त्र र समाजवादी आदर्श मुल्य र मान्यतालाई अंगीकार गरी वि.पी.वादको पक्षपाती छन् । उनीहरुको अब एकपटक काँग्रेसकै विरुद्ध आन्दोलन गर्नुपर्ने स्थिति देखा पर्दैछ ।
वि.पी.को आदर्शलाई जपेर ब्रहलुट गर्नेहरुको लागि पछिल्लो स्थानिय निर्वाचनको परिणामले पनि सावित गरिदिएको छ । काँग्रेसको एजेण्डा पछिल्लो समयमा आएर जनतासामु नबिक्ने भएको छ । जनताहरु पनि सचेत भैसकेका छन् । राष्ट्र, राष्ट्रियता तथा जनताका दैनिकीसँग काँग्रेसले खेलवाड गरेको जनतामा आभाष भएको छ । काँग्रेस पार्टी आदर्श र सिद्वान्तलाई सर्वोपरी मानी काँग्रेस पार्टीमा लागे नेता, कार्यकर्ता तथा आम मतदाताहरुमा पछिल्लो समयमा आइपुग्दा काँग्रेस प्रति केही निराशा, केही भ्रम र केही गुनासाहरु रहेको पाइएको छ । यसको अर्थ आमनागरिकहरुले काँग्रेस छोडे पनि हैन । तर वास्तवमा आम नागरिक पार्टीको सच्चा नेता तथा कार्यकर्ता तथा शुभेच्छुकहरु काँग्रेस पार्टी वि.पी.वादबाट दिग्भ्रमित भएको काँग्रेसले आफ्नो ट्रयाक छाडेकोमा चिन्तित छन् । पछिल्लो समयको जनमत पनि त्यसैको उपज हो । त्यसैले काँग्रेसले यस जनमतको उच्च कदर गर्दै आफुलाई समयमा नै सच्याउनु आवश्यक छ । काँग्रेसका नेता तथा कार्यकर्ताहरुको आनीबानी र चरित्रमा सुधार ल्याउनु आवश्यक छ । ‘सादा जीवन उच्च विचार’ वि.पी.का आदर्श हुन् । तर काँग्रेसका नेता कार्यकर्तामा तडक–भडकको जीवनशैली मौलाई रहेको छ । देशको राष्ट्रियता दिनहुँ खस्किदो छ । आपसी बेमेल, द्वन्द्व र गुट उप–गुट तथा अन्र्तघाती बीचको बैमनष्यताले प्रजातन्त्र र लोकतन्त्र पनि धरापमा छ । समाजवादको सट्टामा पुँजीवाद मौलाउँदो छ र धनी र गरिव बीचको खाडल बढ्दो छ । आमनागरिकका मौलिक अधिकार शिक्षा, स्वास्थ्य र रोजगार नारामा मात्र सिमित छन् । देशका कुनै कुनामा नागरिक कतै सिटामोलको अभावमा त कतै सुत्केरी हुने बेलामा स्वास्थ्य चौकी र डाक्टरको अभावमा मृत्युवरण गरिरहँदा पार्टीका उच्च नेता, सरकारका उच्च पदस्थ कर्मचारी, मन्त्री तथा सचिवहरु करोडौं खर्चेर विदेश भ्रमण तथा औषधी उपचारमा गैरहेका छन् । जनताका छोराहरुको शिक्षा अत्यन्तै महंगो भएको छ । राम्रो स्कुल तथा कलेज पढ्न सरकारी कलेजहरुमा आमनागरिकको पहुँच अध्यारोमा ढुङ्गा हाने जस्तै भएको छन् । कोही उचित शिक्षाको लागि त कोही रोजगारका लागि दिनहुँ हजारौं युवा शक्ति विदेश पलायत भै रहेका छन् । दलका नेता तथा सरकार सञ्चालक घटकहरु यसप्रति पनि उदासित नै छन् ।
यसरी हरेक कोणबाट देशको अवस्था दिनहुँ दयनिय बनि रहँदा पनि देशको प्रमुख प्रजातान्त्री पुरानो पार्टी, प्रजातन्त्रको ठेकेदार वि.पी.वादको अनुयायी नेपाली काँग्रेस पार्टी र पार्टीका उच्च नेता कार्यकर्ताहरु भने यसप्रति उदासिन नै देखिन्छ । देशमा अझै २ तहको संघिय संरचनानुसारको निर्वाचन हुन बाँकी नै छ । स्थानिय तह अन्र्तगत पनि २ नं. प्रदेशको निर्वाचन बाँकी नै छ । एकातिर केही मधेशवादी दल राष्ट्रिय जनता पार्टी नेपाल संविधान संशोधनको माग लिएर चुनावमा भाग लिन मानीरहेको छैन भने प्रमुख प्रतिपक्ष नेकपा एमाले त्यसमा सहमत छैन । एकातिर पार्टी भित्र गुट उप–गुटका कारण निर्वाचनमा घात अन्र्तघात र असहयोगको मुद्धाले पार्टी अझै कमजोर बन्दै छभने अन्र्तदलिय सम्बन्ध पनि बिग्रदो छ । यस्तो अवस्थमा वि.पी.को मेलमिलाप नीति काँग्रेस पार्टीमा आवश्यक छ । पार्टीका प्रमुख नेता तथा सरकारमा सहभागी नेता तथा नेतृत्वकर्ता बीच आपसी समन्वयको अभाव देखिएको छ । तसर्थ अब एकपटक काँग्रेसमा स्थानिय वडादेखि केन्द्रसम्म पार्टी सञ्चालन, सरकार सञ्चालन, जनताका दैनिक जिविका, सेवा, सुविधा तथा मौलिक अधिकार, विदेश नीतिसम्म गहन छलफल आवश्यक छ । उसो त निर्वाचन पश्चात सो विषयमा समिक्षा मतदाता नामावली दर्ता, आगामी २ तहको निर्वाचन लगायत भावी रणनीतिको विषय भन्दै हाम्रै जिल्ला लगायत सबै स्थानहुँदै काँग्रेस केन्द्रीय समितिको बैठक समेत बसी नै रहेको छन् । छलफलको क्रममा निकै गम्भिर प्रकृतिका आरोप प्रत्यारोप पनि भएका छन् । जे होस् स्थानिय निर्वाचनमा केन्द्रदेखि गाउँ वडासम्म चाहेको त्यो टिकट बाढ्ने क्रममा होस् वा उम्मेदवारलाई भोट हाल्ने क्रम हरेक ठाउँमा नेता तथा कार्यकर्ताहरुबाट पार्टी निर्देशन विपरीत क्रियाकलाप भएका छन् । यी कमी कमजोरीका विषयमा गम्भिर छलफल गरी आपसी कमीकमजोरी स्वीकार गरी आगामी २ तहको निर्वाचनमा पार्टी एक ढिक्का भै काँग्रेस १ नं.को पार्टी बनाउने र आम नागरिकको चाहाना र अपेक्षानुरुप कार्य गरेमा मात्र वि.पी. प्रतिको सच्चा सम्मान हुनेछ न की वर्षको १ पटक कुनै एक औपचारिक कार्यक्रम गरेर र तस्विरमा फुलगुच्छा चढाएर ।