बागलुङ, ११ साउन – नेपाली कांग्रेस काठेखोला गाउँपालिका स्तरीय निर्वाचन समिक्षा बैठक तथा आगामी कार्ययोजना निर्माण सम्बन्धी बैठक सम्पन्न भएको छ । बैठकले गत बैसाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा कांग्रेस पराजित भएको बिषयमा छलफल भएको थियो । निर्वाचनमा आन्तरिक तयारी गर्न नसकिएको र केही स्थानमा अन्तरघात समेत भएको छलफलले निष्कर्ष निकालेको अध्यक्ष ज्ञामनाथ कंडेलले बताए । बैठकले आगामी दिनमा संगठनलाई मजबुत बनाएर लैजाने र त्यसका लागि सबै वडाका प्रतिनिधिले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिइएको थियो । त्यस्तै अन्तरघात भएको स्पष्ट भएमा त्यस्ता कार्यकर्तालाई कारवाही गर्न जिल्ला तहमा सिफारिस गर्ने निर्णय समेत भएको उनले बताए । अन्तरघात बारे स्पष्ट प्रमाण सहित पेश गर्न कार्यकर्तालाई पनि आग्रह गरिएको थियो । बैठकले अव हुने प्रादेशिक र संघिय निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो बनाउनका लागि सबै कार्यकर्ताले सक्दो प्रयास गर्ने र संगठन निर्माण अभियानलाई पुन सशक्त बनाएर लैजाने निर्णय भएको कंडेलले जानकारी दिए । गाउँपालिका संयोजक ज्ञामनाथ कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य ज्ञानकुमारी श्रीष, वडा नं. १ का अध्यक्ष खड्ग थापा, वडा नं. २ का भीमप्रसाद गौतम, वडा नं. ३ बाट नगेन्द्र भण्डारी, वडा नं. ४ का यामदत्त कंडेल, वडा नं. ५ का शिवप्रसाद कंडेल, वडा नं. ६ का वृहस्पति कंडेल, वडा नं. ८ का काशीराम कंडेल लगायतले बोलेका थिए । उक्त अवसरमा पार्टीका सबै क्रियाकलाप र अभियानलाई चुस्त बनाउन र जिल्लाबाट सबै सर्कुलर पठाएर पार्टी संंगठन अभियानमा सहयोग र निर्देशन दिन आग्रह गरिएको उनले जानकारी दिए ।