बागलुङ, १० साउन – यात्रुबाहाक जिप सडक देखि ७ सय मिटर तल खस्दा बागलुङको ग्वालीचौरमा ४ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना गम्भिर घाईते भएका छन् । बडिगाड गाउँपालिकाको रणसिंहकिटेनीबाट जलजलाहुँदै ग्वालीचौर आउँदै गरेको ध १ ज १८४ नम्बरको जिप सोमबार बिहान बडिगाढ ५ वादीप भन्ने स्थानमा सडकदेखि खसेको थियो । उक्त घटनामा जलजलाका ४२ बर्षका हुमेन काउचा, सिमाकका ६० बर्षका मुक्त पाईजा, रणसिंकिटेनीका ३६ बर्षिय नरबहादुर शेर्वुजा र जिप चालक जलजलाकै ३५ बर्षका तुलबहादुर पुन भएको प्रहरीले बतायो । घटनामा गम्भिर घाईते भएकाहरुलाई सेनाको हेलिकोप्टर मार्फत काठमाण्डौ स्थित ग्राण्डी अस्पतालमा उपचारका लागि पठाइएको छ । अधिकांस घाईतेको टाउकोमा चोट लागेको स्थानीयले बताए । जिल्ला प्रशासनको आग्रहमा नेपाली सेनाले उक्त स्थानमा हेलिकोप्टर पु¥याएर उद्धार गरेको थियो । घाईते मध्ये रणसिंहकिटेनीका भीमबहादुर शेर्बुजा, टेकबहादुर पाईजा, दिपशिखा पाईजा, बालमति पाईजा, दिनेश पाईजा र पाण्डवखानीका भीमबहादुर श्रीषलाई काठमाण्डौ लगिएको हो । घटनाका घाईते मध्ये भीमबहादुर श्रीष र दिनेश पाईजा र बालमती पाईजाको भने ग्वालीचौरमा उपचार भैरहेको हो । घटना पछि प्रहरी र स्थानीयले मृतक र घाईतेको उद्धार गरका थिए । जिपको ब्रेक फेल भएपछि ७ सय मीटर टल खसेको थियो । ग्रामीण सडकका रुपमा खनिएका बागलुङका अधिकांस सडकमा बर्षातमा सवारी साधन चलाउन निकै जोखिम भएको छ । मध्य पहाडी लोकमार्ग र बागलुङ कुश्मीसेरा खण्ड बाहेक सबै स्थानमा जुन सुकै समयमा दुर्घटना हुन सक्ने खतरा रहेको छ । ग्रामीण सडकमा सवारी चल्न दिने नदिने बिषयमा अहिले सम्म यातायात व्यवस्था कार्यालयले कुनै निर्देशन नदिएको पाइएको हो । बर्षातमा पहिरोले अवरुद्ध भएको, सडकमा नाली नबनाइएकोले साँघुरो र कमजोर बन्दै गएको लगायत कारणले सवारी दुर्घटना बढीरहेको छ । जिल्ला भित्रका सडकमा यातायात अनुमति दिने काम यातायात व्यवस्था कार्यालयको हो । तर अहिले सम्म कार्यालयले कुनै पनि वास्ता गरेको छैन । सवारी दुर्घटना भएपछि सबै जिम्मा प्रहरीमा आउने गर्छ । प्रहरी र स्थानीयले दुर्घटनाका मृतक र घाईतेको उद्दार गर्छन् । तर ती घटनामा यातायात कार्यालयले भने अहिले सम्म कुनैपनि जिम्मा लिएको छैन । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने रुट परमिट मिलाउने र बर्षातको समयमा कुन सडकमा सवारी चल्न दिने भन्ने निर्णय गर्ने दुइसाता अघि बागलुङमै आएर बताएका थिए । यसैबीच, दुर्घटनामा मृत्यु हुने ४ जनाको परिवारलाई बडीगाड गाउपालिकाले ५० र ५० हजार रुपयाँ राहत स्वरुप दिने भएको छ । गाउँपालिका अध्यक्ष मेहरसिँह पाईजाका अनुसार, घाईतेहरु ६ जनालाई उपचारको अवस्था हेरेर ८ लाख रुपयाँ सहयोग गर्ने भएको छ । यसैबीच, उपचारका लागि ग्राण्डी अस्पताल पुराईएका घाईतेहरुलाई ग्राण्डीले स्थानाभाव भनेर फर्काएपछी वीर अस्पतालमा भर्ना गरी उपचार भैरहेको छ । ६ जना घाइतेहरु मध्ये भिमबहादुर शेर्वुजा र टेकबहादुर पाइजाको अवस्था चिन्ताजनक भएकाले वीर अस्पतालको इमेर्जेन्सी कक्षमा उपचार भइरहेको बताइएको छभने बालमती पाइजा, उनकी छोरी दिपशिखा पाइजा र छोरा दिनेश पाईजा, तथा भिम वहादुर श्रीसको साधारण कक्षबाटै उपचार भैरहेको र खतरामुक्त रहेको अस्पताल श्रोतले जानकारी दिएको छ । यता मृतकहरुको ग्वालिचौर स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको छ ।
Previous Articleलायन्स र लियो क्लबको पदस्थापन
Next Article रत्नेचौर–कुडुले जोड्ने झोलुङ्गे पुल बन्ने