बागलुङ, १० साउन – झण्डै १ सय बर्ष अघि स्थापना भएको लायन्स क्लब र उसको भातृ संगठन लियो क्लबले बर्ष २०१७÷१८ को लागि चुनिएका सदस्यहरुको पदस्थापन गरेको छ । लायन्स क्लब अफ धौलागिरी,लायन्स क्लब अफ बागलुङ कालिका, लायन्स क्लब अफ बागलुङ सिटी, लायन्स क्लब अफ बागलुङ र लायन्स क्लब अफ गलकोट सिटीका निवर्तमान अध्यक्षहरुले वर्तमान अध्यक्षहरुलाई पदभार हस्तान्तरण गरेका थिए । त्यस्तै लियो कलब अफ धौलागिरी, लियो क्लब अफ बागलुङ कालिका र लियो क्लब अफ बागलुङले पनि नयाँ अध्यक्ष सहितका पदाधिकारीलाई पदभार हस्तान्तरण गरेका हुन् । लायन्स क्लब अफ धौलागिरीकी अध्यक्ष बबिता शर्माले शशिकपुर श्रेष्ठ, लायन्य क्लब अफ बागलुङ कालिकाका अध्यक्ष बुद्ध बिष्टले चन्द्रराज रेग्मी, लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष कविता बस्नेतले बिद्याता श्रेष्ठलाई र लायन्स क्लब अफ बागलुङका अध्यक्ष दुर्गा कुँवरले युक्तप्रसाद सुवेदीलाई पदभार हस्तान्तरण गरे । त्यस्तै गलकोट सिटिका अध्यक्षमा पहिलो पटक यामबहादुर श्रीष चयन भएका छन् । लियो क्लब अफ धौलािगरीका अध्यक्ष खेमराज आचार्यले कुलदिप क्षेत्री, लियो क्लब अफ बागलुङ कालिकाका अध्यक्ष भुवन कंडेलले सन्दीप कार्कीलाई पदभार हस्तान्तरण गरे । लियो क्लब अफ बागलुङको अध्यक्षमा कुशल गौतम चयन भएका छन् । लायन्स क्लबका डिस्ट्रक गर्भनर धनराज आचार्यले नवनिर्वाचित अध्यक्ष र पदाधिकारीलाई सपथ गराएका थिए । कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेल, मल्टिपल काउन्सील चेयर पर्सन बालकृष्ण बुर्लाकोटी, क्लस्टर ९ का प्रमुख सन्तोष रावल, चिफ एडभाइजर मानबहादुर रोका र रेडक्रस सोसाइटीका सभापति जब्बर बहादुर लामिछाने लगायतले लायन्सले सामाजिक सेवामा काम गरेको भन्दै प्रसंसा गरे । कार्यक्रम लायन्स क्लब अफ बागलुङ कालिकाका अध्यक्ष बुद्ध बिष्टको अध्यक्षता, एडभाइजर काजीमान गुरुङको स्वागत, नरेस कंडेलको संचालन, रत्ना भण्डारीको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो । उक्त अवसरमा जेहेन्दार विद्यार्थीलाई पढाउ अभियानका लागि १० लाख आर्थिक संकलन गरिएको घोषणा गरिएको थियो । जिल्लाका ५ लायन्स र ३ लियो क्लबले उक्त रकम संकलन गरेका थिए । साथै उक्त रकमलाई अक्षयकोष मार्फत अध्ययन बाट वञ्चित भएकालाई पढाउन खर्च गर्ने बताईको छ ।