म्याग्दी, ९ साउन – न्यु वेष्ट पोइन्ट आवासीय माविमा अन्डर ५ फुटबल प्रतियोगिता सम्पन्न भएको छ । बार्षिक तालिका अनुसार कक्षा ५ भन्दा मुनिका छात्रको प्रतियोगिता साउन ७ गते सनिबार सम्पन्न भएको हो । साउन ५ गते देखि शुरु भएको प्रतियोगितामा ४ सदनका ८ टिम सहभागी थिए । नकाउटका आधारमा खेलाइएको प्रतियोगिताको फाईनलमा निलो र हरियो सदन प्रतिस्पर्धा गरेका थिए भने दोश्रो स्थानको लागि पहेलो र रातो सदन प्रतिस्पर्धा गरेका थिए । अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक फाइनल खेलमा हरियो सदनलाई सुन्यका बिरुद् २ गोल गर्दै निलो सदन प्रथम भयो भने हरियो सदन दोश्रो भएको छ । त्यसैगरी रातो सदनलाई सुन्यका बिरुद्द ४ गोल गर्दै पहेंलो सदन तृतीय भएको छ । प्रतियोगितामा कक्षा ५का बिकल बानियाँ बेष्ट प्लेयर, कक्षा ५ का एञ्जल गर्बुजा बेष्ट गोल किपर, कक्षा ४ का समन थापा सर्बा्धिक गोल कर्ता र कक्षा ४ ख का बिशाल पटेल बेष्ट डिफेण्डर भएका छन । यसरि अन्डर छ खेल खेलाउदा खेलाडी पहिचान गरि आबस्यक तालिम प्रदान गर्न धेरै सघाउ पुग्ने खेल शिक्षक दिपेन राइले बताए । छिट्टै नै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई बिशेष तालिम र प्रशिक्षण प्रदान गरिने बताए । बिद्यालयमा अभिभाबक अन्तरक्रिया संचालन भैरहेकोले अभिभाबकरुले समेत खेल अबलोकन गरेका थिए । साना साना बाबुहरुको खेल अत्यन्तै परिपक्क र नियममा बाँधिएर उत्कृष्ट खेल प्रद्र्शन गरेको देख्दा आफु अचममित भएको अभिभावकहरुले बताएका छन् । जिल्लामा वेस्ट पोइन्टलाई खेलको पावर हाउस पनि मान्ने गरिएको छ । बिजेता खेलाडीहरुलाई आइतबारको प्रार्थना सभामा पुरस्कार वितरण गरिएकोे भाइस प्रिन्सिपल सरोज लाकान्द्रिलाई उदृत गर्दैे वेष्ट पोइन्ट मिडिया हबका संयोजक कृष्ण जिसीले बताए ।
Previous Article‘प्रदेश र संघको चुनावमा एमाले पहिलो हुन्छ’
Next Article ‘स्पष्ट एजेण्डा नहुँदा चुनावमा काँग्रेस दोस्रो’