बागलुङ, ९ साउन – नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले पहिलो र दोस्रो स्थानीय तहको निर्वाचनमा पार्टीभित्र मौलाएको गुटबन्दीले अपेक्षित नतिजा हासिल गर्न नसकिएको बताएकी छिन । नेपाली काँग्रेस बागलुङले आईतबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्र्त्क्रिया कार्यक्रममा बोल्दै नेतृ संगौलाले निर्वाचनको अन्तिममा आएर मात्र पार्टीले टिकट वितरण गर्दा जनतामाझ स्पष्ट एजेण्डा लिएर जान नसक्नु पार्टीको ठूलो कमजोरी रहेको बताईन् । उनले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा भएका कमीकमजोरीलाई मनन गर्दै प्रदेश नं २ को निर्वाचनमा लाग्न जरुरी रहेको बताईन् । ‘पहिलो र दोस्रो निर्वाचनमा नेपाली काग्रेसलाई स्पष्ट एजेण्डा दिन सकेन नेतृ संगौलाले भनिन महिलाहरुका मुद्दाहरुलाई पहिलो प्राथमिकता दिनुपर्छ मात्रै भन्यौँ तर त्यस्को स्षष्ट पुष्टि गरेनौँ, जस्का कारण पार्टीले हार बेहोर्नुपरेको स्पष्ट हो । संविधान संशोधनको प्रस्ताव संसदमा लगेर त्यस्को औचित्य पुष्टि गर्न नसक्दा पार्टीले कमजोर भएको उनले बताईन् । ‘निर्वाचनको संघारमा संशोधनको मुद्धा संसदमा हामीले लग्यौँ । त्यस्ले पनि निर्वाचनमा केही प्रभाव पारेको हो ।’ सदस्य संग्रौलाले भनिन् । एक अर्को प्रसंगमा महिला नेतृ संगौलाले प्रधानन्यायधिस शुशिला कार्की मुद्दा र नेपाली काग्रेसलाई भारत परस्त भन्ने प्रवृत्ति पनि पार्टी कमजोर भएको औल्याईन् । नेपाल महिला संघकी पुर्व अध्यक्ष समेत रहकी संगौलाले निर्वाचनका समयमा भएको पार्टीभित्र अन्र्तघात र गुट उपगुट अन्त्य गरी आगामी प्रदेश र केन्द्रिय निर्वाचनमा पार्टीलाई एकताबद्ध र सुदृढीकरण गरी अगाडी बढ्न आग्रह गरिन् । ‘काग्रेस पार्टी लोकतान्त्रिका पार्टी हो । काग्रेस सुध्रने बेला आएको छ ।’ उनले भनिन् ‘पार्टी्भित्र सोचविचार र वी.पी.को चिन्तन आवश्यक छ ।’ त्यस्तै उनले सवै क्षेत्रमा महिलालाई समावेशीताका आधारमा महिला अधिकारका मुद्धाहरुमा समेत पार्टी एकतावद्ध ढङगले अगाडी बढ्नुपर्ने बताईन । सो अवसरमा पूर्व सभासद उर्मिला थापा,नेपाल महिला संघका केन्द्रिय सदस्यद्वय पार्वती आचार्य, तारा अधिकारी, नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य आनन्दी राण कार्की, नेपाली काग्रेसका पूर्व सभापति मणिभद्र शर्मा कडेँल, नेपाली काग्रेस बागलुङका जिल्ला सदस्य बसन्तकुमार श्रेष्ठ, नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्मा महासमिति सदस्य कल्पना हमाल पाठक, महिला कार्यकर्ता गिता रेग्मी, कमला श्रीस, जव्वरबहादुर लामिछाने, लिला खड्का, दिपा सापकोटा, हुमा रिजाल, सिता शर्मा, कौशिला विक, खड्गकुमारी विक, भूमिश्वर गौतम लगायतले बोलेका थिए । नेपाली काग्रेस जिल्ला सभपति दिपेन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत महासमिति सदस्य जगदीशचन्द्र उपाध्याय र सञ्चालन कोेषाध्यक्ष उमेश गौतमले गरेका थिए ।
Previous Articleवेष्ट पोइन्टमा अन्डर ५ फुटबल प्रतियोगिता
Next Article ९ साउन २०७४, ढोरपाटन दैनिक