पर्वत, ९ साउन – नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले आगामी निर्वाचनहरुमा पनि एमाले देशको पहिलो पार्टी हुने ठोकुवा गरेका छन । स्थानीय तहको निर्वाचनमा पहिलो पाटी भएको एमाले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि पहिलो हुने उनले ठोकुवा गरेका छन । मोदी गाउँपालिका वडा न २ देउपुरद्धारा आयोजीत कार्यकर्ता भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष गिरीले जनताको विश्वास पछिल्लो दिनमा बढेर गएका कारण एमाले देशको पहिलो पार्टी भएको बताए । पछिल्ला बर्षहरुमा एमालेले लिएका राष्ट्रियता र जनजीविकका मुद्धाहरुका कारण एमाले अव देशको स्थापीत पहिलो पार्टी बन्ने कुरामा कुनै शंका नरहेको भन्दै अध्यक्ष गिरीले जनताको विश्वास बमोजीम काम गर्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन समेत दिए । एमालेले अडान नलिएको भए संविधान संशोधन मार्फत माओवादी र कांग्रेसले देशलाई अस्तब्यस्त बनाउने खेल जनताले राम्रोसंग वुझेको भन्दै राजनीति परिर्वतनसंगै अव देशमा आर्थिक परिर्वतनको खाँचो रहेको बताए । जनताको विश्वास पछिल्लो दिनमा एमाले प्रति थप बढेर गएको बताउदै उनले एमाले नै जनताको पार्टी भएको जनता आफैले स्विकार गरेको समेत खुलासा गरे । कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल उपाध्यक्ष सेती महत वडा न ५ का तिलाहारका वडा अध्यक्ष तथा युवा संघ पर्वतका अध्यक्ष विमल लामिछाने, वडा न २ का वडा अध्यक्ष विकास तिमिल्सीना लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । एमालेले आगामी प्रदेश र संघको चुनावलाई लक्षित गरी गाउँ स्तरीय कार्यक्रम, वैठक र भेलाहरु आयोजना गरीरहेको छ । मोदी गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा भने एमालेले अध्यक्ष, उपाध्यक्ष सहितको सवै जसो वडामा जीत हासिल गरेको थियो ।
Previous Articleजुवाको खाल, प्रहरी र पंगेनी
Next Article वेष्ट पोइन्टमा अन्डर ५ फुटबल प्रतियोगिता