राजेशचन्द्र रा.भ.
‘नखेल्नु जुवा र तास धनको नास जीवनको बनिबास’ भन्ने नेपाली गीत नसुन्ने नेपाली दाजुभाई दिदीबहिनी निकै कम नै होलान् तर अहिले देशको राजधानीबाट नेपालका चर्चित गायक बद्री पंगेनी जुवाको खालबाट प्रहरीले पक्राउ गरेको खबर भुसको आगोभन्दा पनि नराम्रोसंग फैलियो । तुरुन्त काठमाडौंको हल्ला राष्ट्रिय हैन अन्तराष्ट्रियकरण भयो । सामाजिक संजाल फेसबुकदेखि अनलाइन मिडियाभरि चर्चा परिचर्चा भयो । कुरा सत्य थियो कि असत्य थाहा छैन । तर यो खबरले ठुलो बजार लियो ।
नेपालका जनवादी प्रगतिशील गायक बद्री पंगेनीलाई अहिले जुवा काण्डमा मुछिएको छ । साँच्चै यो घटना नियोजित हो कि के हो भन्ने कुरा अझै अन्यौलमा छ । अहिले विवादास्पद बन्नु भएका गायक पंगनीले प्रेस बिज्ञप्ती प्रकाशित गरेर जुवा काण्डमा आफु पक्राउ नपरेको बरू आफुले चिनेजानेको साथी भाइलाई जुवाको खालबाट पक्राउ गरेको जानकारी पाएपछि महाराजगन्ज प्रहरी कार्यालय पुगेको स्पष्टीकरण दिनुभएको छ । आफु जुवा काण्डमा पक्राउ परेका साथीलाई भेट्न जाने क्रममा आफ्नो नाम मुछिएको घटनाबाट पनि के कुरा स्पष्ट हुन्छ भने जुवाले कसैलाई पनि राम्रो गर्दैन । जसले यसको पछि लाग्छ उसको हानी पु¥याउने मात्र काम गर्दछ भन्ने जुवा काण्ड नै काफी छ ।
हुनतः अहिले लोकप्रिय गायक बद्री पंगेनी जुवा काण्डमा मुछिएपछि धेरै शुभचिन्तक दुःखीत बनेका छन् । अहिले स्थानीय तहको निर्वाचनलाई लक्षित गरि ‘सही पनि एमाले मै पनि एमाले’ भन्ने जुन गीत गाए पंगेनीले अहिले स्थानीय तहमा एमालेले पार्टीले जुन नतिजा ल्याउन सफल भएपछि फरक राजनीति आस्था राख्ने मान्छेहरू उनीप्रति नकारात्मक देखिएको भने हो ।
उनी ब्यवसायिक गायक नभएर एमालेका कार्यकर्ता भएको आरोप समेत लाग्ने गरेको छ । अहिले उनको गायन क्षेत्रमा जुन राम्रो बजार छ त्यसलाई यहीँ बेला पछि पार्नको लागि उनको अगाडि एउटा कुरा गर्ने पछाडि अर्को खतरनाक खेल खेल्ने शक्तिको भुमिकाले पनि पंगेनीलाई जुवा काण्डमा मुछेको हुन सक्छ । अहिले सामाजिक संजालमा उनको समर्थनभन्दा पनि बिरोधमा जुन कुरा लेखिए त्योबाट के स्पष्ट हुन्छ भने अहिले पनि हाम्रो समाजका एकथरी मान्छे उनीप्रति पुर्बाग्राही छन् भन्ने स्पष्ट हुन्छ ।
अहिले सबैको आ–आफ्नो राजनीति चलिरहेको छ । हुनतः जुवा जसले खेले पनि यसलाई राम्रो मान्न मिल्दैन । के तास खेल्नु मात्र जुवा हो त ? अहिलेसम्म त्यो कुरा बुझ्न सकिएको छैन । अहिले तासभन्दा पनि ठूलो जुवा अरू खेलमा खुलेआम चलिरहेको छ तर त्यसमा कसैले पनि नजर लगाएको देखिदैन । जुवा कसैले मनोरन्जनको लागि खेल्छन् भने कसैले यसलाई पेशाको रूपमा अपनाउदै आएको कारण यो बिकृतिको रूपमा देखिएको छ । अहिले ब्यबसायिक रूपमा खेलिने र खेलाइने जुवा घर अहिले संस्थागत रूपमा चलिरहेको छ सरकारलाई कर राजस्व तिरेर मात्रै बिदेशीलाई मात्र प्रबेश भएको क्यासिनो राजधानीमा छन् । यो पनि बेला–बेलामा विवादास्पद बन्दै आएको कारण बन्द हुने खुल्ने क्रम चलिरहेको छ ।
हामीले मान्ने धार्मिकग्रन्थ महाभारतको युद्ध के कारणले भयो भन्ने कुरा हामीले सामान्य नेपालीलाई पनि थाहा भएको बिषय हो जुवा । जुवामा पैसा, सम्पत्ति र राज्य मात्रै होइन आफ्नो श्रीमती समेत दाउमा हालेर खेल्दा बनबास गुप्त बाँस हुदै महाभारत कै युद्ध भएको बास्तबिकता हाम्रो अगाडि हुँदाहुँदै हामी भने अझै पनि त्यो कुरालाई मनन गर्न नसक्दा हामीले आफ्नो सम्पत्ति गुमाउने मात्रै होइन सडकमा आएको इतिहास पनि प्रस्ट छ । अहिले बिश्व कप फुटबल कप क्रिकेटदेखि धेरै खेलहरूमा हजार हैन लाख–लाखको बाजी थापेर ब्यबसायिक जुवाको धन्दा चलाउने गरेको कुरामा भने अहिलेसम्म कसैले पनि ध्यान दिएको देखिदैन । अहिलेसम्म कानुनले तासलाई मात्रै जुवा मान्ने गरेको कारणले पनि अरू ब्यबसायीक जुवा ओझेलमा पर्न गएको छ । गायक बद्री पंगेनी त एउटा चंगुलमा फसेको मात्रै हुन भोलि अरू पंगेनीहरू पनि क्रमिक रूपमा अन्य नाटकीय प्रकरणमा नपर्ला भन्न सकिदैन ।
त्यसकारण समाजमा मान प्रतिस्ठा भएका ब्यक्तिहरू यो घटनाबाट सजग भने हुनैपर्छ । अहिलेको सुचना र संचारको युगमा फड्को मारेपछि नेपालीहरू पनि यसैमा रमाउन थालेका छन् । सामाजिक संजाल प्रयोग गर्ने युवा जगत अहिले कुनै ब्यक्तिको बारेमा सत्य तथ्य नबुझी मनपरि ढंगले लेखिदिने कारणले सामाजिक संजाल पनि भाइरस बन्न पुगेको छ । यसलाई नियन्त्रण गर्ने निकाय भए पनि निकै कम मात्रामा मात्रै गलत काम गर्ने मान्छेलाई कानुनी कार्बाही भएको देखिन्छ । मनपरि ढंगले बेनाम छद्म नाममा खुलेका फेसबुक पनि अहिले बिकृति बढाउने साधन साबित भएको छ ।
अहिले गायक बद्री पंगेनीलाई जुवा केसमा प्रहरीले पक्राउ नगेको भनी खण्डन गरेपनि उनी साँच्चिकै पक्राउ परेको हो भन्ने कुरा चाहिँ सबैमा परेको छ । राम्रो कुराको प्रभाव पार्न निकै बर्ष लाग्छ तर नकारात्मक कुराको प्रभाब भने तल्काल पर्ने गरेको देखिन्छ । अहिले कसैसंग रिस उठीहाले त्यसलाई जसरी पनि सिद्धाउने खालको गलत प्रबृत्ति छ हाम्रो समाजमा । बेला–बेलामा प्रहरी प्रशासनले जुवा खेल्नेलाई समात्ने, जरिवाना गर्ने गरे पनि जुवा खेल्न भने छोडेको देखिदैन । अब तासलाई मात्रै होइन स्वास्थको लागि खेलिने खेल ब्याडमिन्टन समेत केही बर्षदेखि जुवाको रूपमा खेलिन थालेको छ यसतर्फ पनि ध्यान दिँदा राम्रो हुने थियो कि ?
Previous Articleबाग्लुङमा जीप दुर्घटना, चारजनाको घटनास्थलमै मृत्यु
Next Article ‘प्रदेश र संघको चुनावमा एमाले पहिलो हुन्छ’