बागलुङ, ८ साउन – कालिका भगवती गुठी व्यवस्थापन समितिले बागलुङका ४ जना पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । कालिका भगवती गुठीको प्रचार प्रसार र धार्मिक पर्यटन प्रवद्र्धनमा संचार क्षत्रवाट महत्वपूर्ण सहयोग पु¥याएको भन्दै ४ जना पत्रकारलाई सम्मान गरेको हो । गुठीले पत्रकारहरु दिल शिरीष, प्रदिप पन्त, प्रकाश बराल र सुवास आचार्यलाई नगद ५ हजार सहित पुरस्कृत तथा सम्मान गरेको हो । उनीहरुलाई बागलुङ नगरपालिकाका मेयर जनक पौडेल र उपमेयर सुरेन्द्र खड्काले सम्मान तथा पुरस्कृत गरेका थिए । उक्त अवसरमा बोल्दै बागलुङ नगरपालिकाका मेयर जनक पौडेलले पत्रकारीताको क्षेत्रवाट बागलुङलाई चिनाउनका लागि पत्रकारहरुको भुमिका महत्वपूर्ण रहेको बताए । उनले आगामि दिनमा पनि पत्रकारीताको मर्मलाई आत्मसाथ गरेर जिल्लाको बिकास र उत्थानका लागि सक्रिय रुपमा लाग्न आग्रह गरेका थिए । मेयर पौडेलले बागलुङ नगरपालिका पर्यटनको क्षेत्रमा विशाल रहेको बताउँदै त्यसलाई पत्रकारीताको क्षेत्रबाट पर्यटक भित्र्याउनको लागि सहयोग गर्न अनुरोध गरेका थिए । कार्यक्रममा बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्का, होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका उपसचिव अर्जुन चोखाल, पत्रकार महासंघका सल्लाहकार कोपिला कँडेल, पत्रकार दिल शिरीष, प्रदिप पन्त, प्रकाश बराल र सुवास आचार्यले मंतव्य व्यक्त गर्नु भएको थियो । सम्मानित तथा पुरस्कृत पत्रकारहरुले सम्मानले आगामि दिनमा पत्रकारीता क्षेत्रमा लाग्नका लागि थप प्रेरणा प्रदान गरेको बताएका थिए । उक्त अवसरमा पत्रकार दिल शिरीषले प्राप्त गरेको ५ हजार पुरस्कार पत्रकार महासंघको भवन निर्माणको लागि दिने घोषणा गरेका छन् । समितिका अध्यक्ष राजु खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मालपोत अधिकृत विश्नाथ शर्मा र संचालन प्रेस संयोजक राजेशचन्द्र राजभण्डारीले गरेका थिए ।
Previous Articleगाउँपालिकालाई जग्गा दिन होड
Next Article अबको मुख्य कार्यभार आर्थिक क्रान्तिः खनाल